logo
शुक्रबार, साउन २९ २०८३

कमलमा किशोरी आत्मरक्षा तालिम


  • उमानाथ भण्डारी
  • शनिबार, फाल्गुन २० २०७९

कमल ÷ पछिल्लो समय यौनजन्य तथा विभिन्न प्रकारका हिंसात्मक घटनाका कारण किशोरीहरु समस्यामा पर्ने गरेका छन् ।
यौनजन्य तथा विभिन्न प्रकारका घटना बाट किशोरीहरु कसरी सुरक्षित रहने र त्यस्ता घटनालाई न्युनिकरण गर्ने उद्येश्यले झापाको कमल गाउँपालिकामा किशोरी आत्मरक्षा सम्बन्धि तालिम प्रदान गरिएको छ ।

कमल गाउँपालिका २ स्थित महेन्द्र रत्न माध्यमिक विध्यालयको सभाहलमा सन्चालित तालिमा गाउँपालिकामा रहेका सामुदायीक विध्यालयहरु मध्ये ११ वटा विध्यालयका ३६ जना किशारीलाई तालिममा सहभागी भए बापत प्रमाणपत्र प्रदान गरिएको थियो ।


किशोरी माथि शारिरिक तथा मानशिक रुपमा हुने गरेका विभिन्न घटना बाट सुरक्षित रहनकालागी यो तालिम प्रभावकारी हुने छ । यो तालिमले विध्यार्थिलाई शारिरिक तथा मानशिक रुपमा समेत सबल बनाएको छ । तपाईहरुले तालिममा आत्मरक्षाका धेरै सिप सिक्नु भएको छ ,त्यो सिप तपाईहरुलाई जतिवेला आवश्यक पर्छ तेति बेला प्रयोग गर्नेे हतियार सावित हुनेछ । अगामि दिनमा बजेट थपगरी गाउँपालिकामा रहेका सबै विध्यालयमा यस्तो तालिम संचालन गरिने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।
गाउँपालिकाले विभिन्न प्रकारका तालिम सन्चालन गर्ने गरको भएतापनि अन्य तालिम भन्दा बालबालिकालाई दिएको तालिम प्रभावकारी हुनेगरेको छ । त्यसैले पनि किशोरिकालागी आत्मरक्षा सम्बन्धिको तालिम राखिएको हो । यो तालिमले सहमागीलाई धेरै नै सहयोग पुग्छ भन्ने आफुलाई लागेको छ । आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउदै सबै विध्यालयका किशोरी माझ तालिमलाई पुर्याउने कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजमुमार शाक्यले बताउनुभयो ।
पाँच दिनको तालिमा किशोरीलाई शारिरिक तथा मानसिक रुपमा आत्मरक्षा सम्बन्धि विभिन्न प्रकार तालिम सिकेका छन् । जुन तालिमले किशोरीहरुको जिवनमा नयाँ जोस र उमङ्ग ल्याएको छ । समान्य रुपमा तालिम हलमा छिरेका विध्यार्थि तालिम सकेर फर्कदा जिवनमा उमङ्ग भरेर फर्किएका छन् । यो तालिम अवधी छोटो भएको छ , समय थप गरेर सहभागी मध्ये उत्कृष्टलाई थप तालिम दिन सके राष्ट्रिय स्तरका खेलाडी उत्पदन गर्न सकिने प्रशिक्षक मदन उप्रतीले बताउनु भयो ।
तालिमले किशोरीमा आत्मबल बढ्नुका साथै । मानसिक र शारिरिक रुपमा धेरै परिवर्तन ल्याएको छ । यस्तो तालिम गाउँपालिकामा भएका सबै विध्यालयका किशोरी माझ पुर्याउन आवश्यक रहेको शहिद धर्मभक्त माध्यमिक विध्यालयका सहायक प्रधानाध्यापक मधुसुदन अधिकारीले बताउनु भयो ।
पाँच दिनमा धेरै कुरा सिकेको तालिममा सहभागी किशोरिहरको अनुभव छ । सुरुमा आउदा आफुलाई केहि गर्न सक्छु जस्तो लागेकै थिएन तर आज आफुमा सहास र उर्जा थपिएको छ । आफुले तालिम बाट धेरै कुरा सिकेको र त्यसलाई व्यवहारमा लागुगर्ने सहभागी ईश्वरा दर्जी बताउनुहुन्छ ।
कार्यक्रम कमल गाउँपालिका महिला तथा वालवालिका शाखा रिता कार्कीले सन्चालन गर्नुृ भएको थियो । तालिम समापन कार्यक्रममा गाउकार्यपालिका सदस्य, विध्यालयका शिक्षक लगायतको उपस्थित रहनु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend