logo
शुक्रबार, साउन २९ २०८३

राष्ट्रिय हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियान सूरु

कमल गाउँपालिकामा अध्यक्ष राई द्वारा औषधी सेवन गरी कार्यक्रमको शुभराम्भ


  • उमानाथ भण्डारी
  • बिहिबार, फाल्गुन ११ २०७९

कमल÷ देशैभर कार्यक्रम लागुभएका जिल्लामा आज बाट राष्ट्रिय हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियान सूरु भएको छ ।
आम औषधि सेवन अभियान लाई सफल बनाउन कमल गाउँपालिकाले समेत औषधि सेवन अभियान सुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले औषधी सेवन गरी कार्यक्रमको शुभराम्भ गर्नु भएकोे थियो ।
अभियानलाई सफल बनाउन गाउँपालिकाका बाट खटिएका तालिम प्राप्त स्वस्थ्यकर्मी र महिला स्वस्थ्य स्वयम सेविकाको प्रत्यक्ष निगरानिमा ढुक्क भएर औषधी सेवन गर्न स्वस्थ्य शाखाले सबै गाउँवासीलाई अनुरोध गरेको छ ।
कमल गाउँपालिकामा समेत हात्तीपाईले रोगका लक्षण देखीएका चारपाच जना विरामी फेला परेकोले सबैले अनिवार्य औषधी सेवन गनुपर्ने स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले बताउनु भयो ।
आम औषधि सेवन अभियान कार्यक्रममा २ वर्ष भन्दा मुनिका वालबालिका , ७ दिनका सुत्केरी, गर्भवती महिला र सिकिस्त विरामी बाहेकका सबैले अनिवार्य औषधि सेवन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend