logo
शुक्रबार, साउन २९ २०८३

सिकाई केन्द्रका महिला द्वारा उत्पादित मह जनप्रतिनिधीलाई चखाए


  • उमानाथ भण्डारी
  • बुधबार, फाल्गुन १० २०७९

कमल । मेची सामुदायीक सिकाई केन्द्रका महिला समूह द्वारा उत्पादन गरिएको मह जनप्रतिनिधीलाई चखाएका छन् ।
झापाको कमल गाउँपालिका ३ स्थित मेची सामुदायीक सिकाई केन्द्रको आयोजना र कमल गाउँ पालिका शिक्षा शाखाको शसर्त अनुदान मार्फत मौरी पालन व्यवसााय गर्दै आएका महिलाले पहिलो पटक उत्पादन गरेको मह गाउँपालिकाका जनप्रतिनिधीलाई चखाएका छन् ।
पहिलो चरणमा उत्पादन गरिएको मह सिकाई केन्द्रको कार्यालयमा उपस्थित अध्यक्ष हुकुमसिंह राई,उपाध्यक्ष प्रमिला न्यौपाने केन्द्रका नि–वर्तमान अध्यक्ष गौरीमान फागो, ३ नम्वर वडा अध्याक्ष अग्निप्रसाद कोईराला ,शिक्षाशाखा प्रमुख सुर्यप्रसाद न्यौपाने ,लगायत सस्थाका पदाधिकारीकालाई चखाएको केन्द्रकी अध्यक्ष चन्द्रा पराजुलीले बताउनु भयो ।
सिकाई केन्द्रको वार्षिक कार्यक्रम अनुसार केन्द्रमा आवद्ध महिलाले आय–आर्जन कार्यक्रमा मार्फत गरिएको मौरी पालन बाट पहिलो पटक ११ वटा घार बाट १४ केजी मह उत्पादन गरेको केन्द्रले जनाएको छ ।
सिकाई केन्द्रमा आवद्ध महिलाको माग अनुसार यस अघी मौरीपालन सम्बन्धि तालिम प्रदान गरिएको थियो । तालिम पछि प्राप्त गरेको मौरी ,मौरीका घार लगायतका आवश्यक सर–सामान समेत सिकाई केन्द्रले उपलब्ध गराएको थियो ।


मौरी पालन व्यवसाय महिलाहरुका लागी आय आर्जनको राम्रो व्यवसाय भएकोले गाउँपालिकाले सिकाई केन्द्र मार्फत मौरी पालन तालिमका साथै त्यसकालागी आवश्यक पर्ने मौरी लगायतका सम्पुर्ण सामान निःशुल्क उपलब्ध गराएको थियो । जसबाट पहिलो पटक नै उत्पादन राम्रो भएको देख्दा आफुलाई खुशी लागेको छ र यसकालागी आगामी दिनमा थप सहयोग गर्नेे अध्यक्ष राईले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend