झापा । कृषि, पर्यटन तथाऔद्योगिक क्षेत्रकाआर्थिक गतिविधिलाई चलायमानबनाउनझापाको बिर्तामोडमा फागुन ५ गतेबाट ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिकव्यापार महोत्सव’सञ्चालित छ । महोत्सवमाबंगलादेश, पाकिस्तान र भारतकाव्यवसायीहरुको समेत उल्लेख्य सहभागीता रहेको छ । फागुन १५ गतेसम्म सञ्चालनहुने महोत्सवबिर्तामोड नगरपालिका २ स्थित पूर्ब पश्चिम राजमार्गको रामचौक नजिकै सञ्चालित छ ।
महोत्सवमादुई सयवटा स्टलहरु राखिएका छन् ।जसमा नेपालमाउत्पादिक कृषिजन्य बस्तुको प्रर्दशनीले महोत्सवको रौनकता बढाएको छ । महोत्सवमाकिबीको फलबाट बनाईएकाबिभिन्न परिकार (जुस, जाम, अचार, तीनपाने घरेलु मदिरा) देखि दारका ठेकीसम्म राखिएका छन् । ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो । यो दहीजमाउने, दहीमथ्ने (मोहीपार्ने), मोहीअथवादही राख्ने काममाप्रयोग गरिन्छ । ठेकी सामान्यतया दार अथवा देवदार नामको रूखको काठबाट बनाइन्छ ।
त्यस्तै महोत्सवमाअचारकाविभिन्न परिकारहरु समेत राखिएको छ भने सुपारीका खपटाबाट दुनाटपरी, प्लेट, थाल, खण्डेथापा, बटुका, चम्चाआदि राखिएका छन् । जुसको परिकारमाकिबीका छुट्टा छुट्टै जुस राखिएको छ भने लालिगुराँसको जुस समेत महोत्सवमा राखिएको छ । जुनमहोत्सवकालागिआकर्षणको केन्द्र बनेको छ ।
पूर्बी पहाडमा उत्पादित कृषिजन्य बस्तुको प्रर्दशनीले महोत्सवको रौनकता बढाएको बिर्तामोड उद्योग बाणिज्य संघका महासचिवअर्जुनकुमार मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो – महोत्सवमा नेपालका कृषक र व्यवसायीहरुले उत्पादन गरेकाविभिन्न समग्री राखिएको छ भने बंगलादेश, पाकिस्तान र भारतबाट आएकाव्यवसायीहरुले समेत आफ्नाउत्पादनसहितका वस्तुको प्रर्दशनी र व्यापार गरिरहेका छन् ।
स्थानीयउत्पादन र सीपको समेत प्रर्दशनी
महिलाहरुलाई उद्यमीबनाउने उद्देश्यले बिर्तामोड नगरपालिकाले गतबर्ष वडागत रुपमाअचार बनाउने तालिमप्रदानग¥यो । तालिममा वडा नम्वर १, ३ र ४ कामहिलाहरुसमेत सहभागीभए । तालिममा सहभागीमध्येका सातजनामहिलाहरुले गृहिणी लघू उद्योग सञ्चालनगर्ने प्रवन्धमिलाए । नगरपालिकाले प्रदान गरेको अचार बनाउने सिपसिकिसकेपछि उनीहरुले अचारकाविभिन्न परिकार बनाउन शुरु गरे । शुरुमा आठ दिनको मात्रै तालिमलिएकामहिलाहरुले पछि थप एक महिनाको तालिमलिए । नगरपालिकाले प्रदान गरेको तालिमलिएकामहिलाहरु मध्येका गृहिणी लघू उद्योगकीअध्यक्ष मैया बजगाई र कोषाध्याक्षतारा उप्रेती सापकोटा महोत्सव स्थलमा रहेको स्टलमा सोमवार भेटिनुभयो । उहाँहरु महोत्सवमाआएकाहरुलाई अचार बिक्रीगर्न व्यस्तहुनुहन्थ्यो भने उनीहरुलाई अचार बनाउने बिधिकाविषयमा समेत जानकारी दिइरहनु भएको थियो । गृहिणी लघू उद्योगले उत्पादन गरेका बस्तुमध्ये धेरैले अकबरे खुर्सानीको अचार, अकबरे खुर्सानीको पेष्ट, मिक्सअचार(आँप, अदुवा,, लसुन, खुर्सानी र कागती)र तामाको अचार रुचाएको अध्यक्षबजगाईले बताउनुभयो । वजगाई बिर्तामोड नगरपालिका – ४ निवासी हुनुहुन्छ । उहाँकै संयोजनमामहिलाहरुले अहिले महोत्सवमा स्थानीयअचारका परिकारहरु बिक्रीगरिरहनु भएको छ ।
बिर्तामोड नगरपालिकाले गरिवीनिवारणका लागिप्रदान गरेको लघू उद्यमतालिममहिलाहरुकालागिफलदायीबनेको र धेरै महिलाले घरमै लघु उद्यम सञ्चालनगर्दै स्वरोजगार बनेको गृहिणी लघू उद्योगकीकोषाध्यक्ष सापकोटाले बताउनुभयो ।
महोत्सवमाअर्जुनधारा ९ निवासीदिननाथशिवाकोटीले शिबबाबाअचार तथा जुस उद्योगले उत्पादन गरेकाविभिन्न सामग्रीहरु राख्नु भएको छ ।उहाँले अचारका परिकार सहित जडीबुटी जन्य सामग्री राखेर महोत्सवमाआएका सहभागीहरुलाई बिक्रीगरिरहनु भएको छ । उहाँआफैंमा लघू उद्यमव्यवसाय कसरी सञ्चालनगर्ने भन्ने विषयमा प्रशिक्षण प्रदानगर्ने दक्षप्रशिक्षक हुनुहुन्छ । उहाँआफैंमहोत्सवमा बसेर आएका सहभागीलाई लघू उद्यम सम्वन्धिजानकारी दिँदै आफ्नाउत्पादनहरु बिक्रीगरिरहनु भएको छ । उहाँले विशेष गरी अचारका परिकार सहित सालधुप, केमिकल रहित अगरवत्ती र विभिन्न स्वास्थ्यवर्दक खानेकुरा बिक्रीगरिरहनु भएको छ ।
यताअर्जुनधारा नगरपालिका २ बेलटारमा रहेको इनर्जी क्रप्स दुना टपरी उद्योगले सुपारीका खपटाबाट दुनाटपरी, प्लेट, थाल, खण्डेथापा, बटुका, चम्चालगायतका सामग्रीउत्पादनगर्दै बिक्रीगरिरहेको छ । सुपारीका खेर जाने खवटालाई संकलनगर्दै त्यस्ता सामग्रीतयार पारेर बिक्रीगर्दै आएको इनर्जी क्रप्स उद्योगका सञ्चालक देवनारायण ढुङ्गानाबताउनुभयो ।
धेरैको रोजाइमा दारका ठेकी
धनकुट्टाको महालक्ष्मीनगरपालिका ९ निवासी कृष्ण रसाइली घरेलू उत्पादनबिक्रीकै लागिबिर्तामोडमा सञ्चालितमहोत्सवमाआउनु भएको छ । उहाँले पहाडी जिल्लामापाइने दार र साजप्रजातिका रुखबाट तयार गरिएका ठेकी सहितका सामग्रीमहोत्सवमाप्रदर्शनीमा राखेर बिक्रीगरिरहनु भएको छ । दारका ठेकीमहोत्सवमा सहभागीमध्ये धेरैको रोजाइमा परेको छ । उहाँले दारका ठेकीमात्रहोइनहर्पे, चियाखाने कप, पानीपिउनकालागिप्रयोग गर्न मिल्ने ग्लास, बटुका , तोङ्वाखानप्रयोग गरिने भाडो सहित सजावटका विभिन्न सामग्रीप्रदर्शनीमा राख्नु भएको छ । जसमध्ये धेरैले दारका ठेकीकिन्ने गरेको रसाइलीले बताउनुभयो ।
कुँदेका बुट्टावाल ठेकी धेरैले खरिद गरे उहाँले भन्नुभयो – सबै ठेकी दारका छन् अरु केही सामग्री साज र सिसौकापनि छन् । अधिकांश सजावटका सामग्री सिसौंकारहेको रसाइलीको भनाई छ ।
आफ्नो पुख्र्यौख्ली पेशालाई व्यवसायिकतादिएर पञ्चकञ्या घरेलू ठेकी,तोङ्वा एण्ड हेण्डीग्राफ्टका सामग्रीहरु तयार गर्दै आएको उहाँको भनाई छ । सुनका गरगहना राख्नप्रयोग गरिने बट्टा समेत बिक्रीकालागि राखिएको छ– रसाइलीले भन्नुभयो ।
आठ जनालाई आफूले रोजगारी दिएको र मासिक ५० हजार रुपैयाँकमाई गर्दै आएको उहाँको भनाई छ । स्थानीयसिपलाई प्रवर्धन गर्दै वजारीकरण गर्न सके हरेक मानिस उद्यमीबन्ने उहाँको भनाई छ ।
यस्ता महोत्सवमामात्रनभई अरु बेला समेत कृषक तथाव्यवसायीले उत्पादन गरेका सामग्रीबजारीकरणका लागि सरकारले सहयोग पु¥याएर आर्थिक उपार्जनकालागि नेपालका केहीपनियुवाधनकमाउनविदेशीनु नपर्ने उहाँको भनाई छ ।
मासिक ३ लाख रुपैयाँसम्मको सामगीआफूले बिक्रीगर्दै आएको र त्यसबाट मासिक ५० हजार रुपैयाँ बचत गर्दै आएको रसाइलीको भनाईछ ।
रसाइलीले बिक्रीकालागि राखिएका ठेकीमध्ये एक कुरुवाजानेलाई दुई हजार र दश कुरुवाजानेलाई पाँचहजर रुपैयाँसम्ममूल्य पर्ने बताइएको छ ।
किबीका सबै परिकार एकै ठाउँमा

पाँचथरको मिक्लाजुङ गाउँपालिका १निवासीजुनु लावती ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिकव्यापार महोत्सव’माकिबीफल र यसबाट बनेका परिकार बिक्रीकालागिआउनु भएको छ । आफूले ४५ रोपनी क्षेत्रफलमाकिबी खेती गरेको र प्रदेश सरकारको सहयोगमाकिबीको बजारीकरणमा सहयोग पुग्ने विश्वासका साथआफू महोत्सवमाआफूले उत्पादन गरेका सामग्री सहितआएको लावतीले बताउनुभयो । स्टलमाकिबीफल,अचार, जाम, जुस, मिक्स अचार, वाइन, तीनपाने राखिएको उहाँको भनाई छ ।
आफूले पाखो वारीमाकिवी खेती गरेको र हरेक वर्ष २५ लाख रुपैयाँसम्मआम्दानीगर्ने गरेको लावतीले बताउनुभयो । २०६८ सालबाट आफू किबी खेतीमा आवद्ध भएको र निरन्तर किबीफलतथा यसबाट बनेको परिकार बिक्रीगर्दै आएको उहाँको भनाई छ । लावतीले गुरासको जुस समेत महोत्सवमा राखेर बिक्रीगरिरहनु भएको छ ।
झापा सहितपूर्वको अर्थव्यवस्थाचलायमानबनाउने अपेक्षा सहितमहोत्सवआयोजनागरिएको र कृषिउत्पादनका बस्तुको प्रवद्र्धन र वजारीकरणमा महोत्सवकोषेढुङ्गा साबित हुने महोत्सवमूलआयोजक समितिकाअध्यक्ष राजु न्यौपानेले बताउनुभयो ।
११ दिनसम्म सञ्चालनहुने महोत्सवमातीनलाखजनाले अवलोकनगर्ने र ४५ करोड रुपैयाँ बरावरको कारोवार हुने अपेक्षागरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्षप्रकाशशिवाकोटीले बताउनुभयो । महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरे र उपसभामुखइन्दिरा राना मगरले गतफगुन ५ गते संयुक्त रुपमागर्नु भएको थियो ।