logo
शुक्रबार, साउन २९ २०८३

लघुवित्तमा आवद्ध महिला आफु उद्यमी बनेर अरुलाई रोजगारी दिदै


  • उमानाथ भण्डारी
  • शनिबार, फाल्गुन ६ २०७९

कमल । करिब ४ दशक अधि सुरु भएको लघुवित्त कार्यक्रमले सस्थागत रुपमा कामगर्न थालेको पनि ३ दशक विति सकेको छ । गरिव बर्ग पनि ऋण लगानी गर्न योग्य छन् भन्ने मान्यता लिएर हाल नेपालमा ६४ वटा लघुवित्त सस्था र करिव १ दर्जन सहकारी सस्था मार्फत सदस्यको घरदैलो बचत, कर्जा लगानी, वीमा लगायतका सेवा प्रवाह भईरहेका छन् ।
लघुवित्त सस्थाले हाल नेपालका ७७ वटै जिल्लाका कुना कन्दरामा पुगेर भुमिहिन, सुकुम्वासी लगायत खानलाउन समेत धौ धौ हुने बर्गलाई घरमै पुगेर सेवा प्रदान गरिरहेका छन् ।
नेपाल सरकारको विध्यमान कानुन र नीति नियमको दायरा र परिधीभित्र रही स्थानिय निकायमा समेत दर्ता भई विपन्न बर्गलाई स्वरोजगार बनाई उनीहरुको जीवनस्तर माथि उकास्न लागी परेका लघुवित्त वित्तिय संस्था विरुद्ध बिगत केहि समय देखी चारै तिरबाट प्रहार भैरहेको छ । लघुवित्त संस्थाहरुले नेपाल राष्ट्र बैंक बाट तोकि दिएको निति नियमको पालन गरी ग्राहाक सदस्यलाई घरदैलोमा पुगेर लगानी गरेको कर्जा मिनाहा हुन्छ भन्ने भ्रामक , तथ्यहिन र गलत अफवाह फैलाएका कारण यतिवेला लघुवित्त सस्थामा समस्या श्रृजना हुन थालेको छ ।
लघुवित्त सस्थाले गरेको कर्जा मिनाहा हुनु भनेको सस्थाले क,ख, ग र घ बर्गका थोक कर्जा प्रदायक बैक तथा वित्तय सस्था लिएको कर्जा २ खरब ३५ अरब ३५ करोड २ लाख २३ हजार ८ सय ८० रुपैया र लघुवित्त सस्थाले आफ्ना सदस्यहरु बाट बचत गरेको निक्षेप १ खरब ६४ अरब १९ करोड ६० लाख ६५ हजार ६ सय रुपैया भुक्तानी पाउन नसक्ने अवस्था सृजना हुनु हो ।
नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७९ साल आश्विन मसान्त सम्म लघुवित्त सस्थाहरुले मात्र ५ हजार ६८ वटा शाखा मार्फत २३ हजार ३७४ जना कर्मचारी परिचालन गरी ५९ लाख ३६ हजार ९५ नब्बे जना सदस्यलाई सेवा पुर्याएका छन् ।
सेवा पुर्याएका सदस्य मध्ये ३३ लाख १० हजार ९ सय ५८ जना सदस्यलाई कर्जा उपलब्ध गराई वित्तिय सेवा दिईरहेका छन् । लघुवित्त सस्थाले हाल सम्म ४ खर्ब ५७ अर्ब १८ करोड ६३ लाख ३६ हजार १८० रुपैया कर्जालगानी गरेका छन् भने १ खरब ६४ अरब १९ करोड ६० लाख ६५ हजार ६०० रुपैया बचत परिचालन गरिरहेको छन् ।
वित्तिय क्षेत्रमा यतिठुलो योगदान गरिरहेको लघुवित्त वित्तिय सस्थालाई आज यसरी चारैतिर बाट प्राहार भैरहेको छ के साँच्चिकै लघुवित्तले राष्ट्र बैकको निति नियम विरुद्ध काम गरेर सदस्यलाई ठगी गरेकै हो त ?
हिजो घर नहुनेले आज आफ्नै घर बनाएका छन् । हिजो हुँदा खानेहरु आज हुनेखाने भएका छन् भने हिजो आफुलाई समस्या पर्दा दुईचार सय सापट माग्दा नदिनेहरु आज तिनै सदस्य संग चालिस पचास हजार सापटी माग्न आउछन् के यो लघुवित्तले वित्तिय क्षेत्रमा गरेको परिवर्तन होईन र ?
लघुवित्त सस्थाका कारण आज म यो अवस्थामा आई पुगेकी छु । आर्थिक अवस्था अत्यन्तै कमजोर थियो सानो चिया पसल सन्चालन गर्दै थिए त्यसैलाई हेरर नेरुडे लघुवित्त वित्तिय सस्थाले सस्थाले मलाई सूरुमा ३ हजार रुपैया कर्जा दिएको थियो । त्यसै बाट आज म यो अवस्थामा आई पगेकी छु । अहिले मेरो आर्थिक अवस्था पनि राम्रो छ र छोराछोरीलाई पनि राम्रो स्कुलमा पढाउदै छु । यदी लघुवित्त सस्था आवद्ध भएकै कारण आज म यो अवस्थामा आईपुग्न सफल भएको नेरुडे लघुवित्त वित्तिय सस्थाकी सदस्य दुर्गादेबी ढकाल बताउहु हुन्छ ।
लघुवित्त सस्थाहरुले सदस्यलाई कर्जा लगानी र असुली मात्र गरेको छैनन् सदस्यलाई विभिन्न प्रकारका ज्ञान र सिपमुलक तालिम समेत दिएर सदस्यलाई आत्मनिर्भर समेत बनाएका छन् । जसका कारण आज सस्थामा आवद्ध सदस्यको जिवन स्तरमा पनि ठुलो परिबर्तन आएको छ । आफु सस्था आवद्ध भएकै कारण आफुले ठुलो प्रगती गर्न सफल भएको छु भन्नुहुन्छ साहारा नेपालमा आवद्ध सदस्य रन्जु पौडेल
सुरुसुरुमा लघुवित्त सस्था बाट कर्जा लिन निकै गारो थियो । लेख्न पढ्न सिकाएर र कर्जा को सदुपयोगिता बुझाएर मात्र ऋण दिने चलन थियो । तर पछिल्लो समय सस्थाको संख्यामा वृद्धि हुदै गएकोले र कर्जा लिन सहज हुँदै आएको छ । त्यति बेला कर्जाको भोलुम पनि सानो थियो । २०६१ सालमा ५ हजार रुपैया बाट व्यापार सूरु गरेको हुँ । गाउँमा कसैले नपत्याउनेलाई लघु वित्त सस्थाले पत्याएर विना धितो कर्जा दिएको थियो । जसका कारण आज म जस्ता धेरै महिलाले प्रगती गरेका छौ । तर कहिले काहिँ सस्थाका कर्मचारीका कारण सस्थामा आउन समस्याले विभन्न नकारात्मक हल्ला हुने गरेको गरेको कर्णाली बचत तथा ऋण सहकारी सस्थाकी सदस्य कईकई बस्नेत बताउहुन्छ ।
सूरुमा आर्थिक अवस्था न्युन थियो लघुवित्त सस्था बाट पाएको सानो कर्जाका कारण आज ठुलो प्रगती गरेकी छु । गाउँमै उद्यमी बनेका छौ भने बेरोजगारलाई रोजगारी दिन सक्ने भएकी छु । यो सबै लघुवित्त सस्थाकै करण हो । हामिलाई सारोगारो परेको बेला सहयोग गर्ने भनेकै लघुवित्त सस्था भएको जिवन विकास लघुवित्त सस्थाकी सदस्य पवित्रा महतो बताउनु हुन्छ ।
यि त प्रतिनिधी पात्र मात्र हुन् लघुवित्तले यस्ता थुप्रै महिलाहरुको जिवनमा आर्थिक परिबर्तन ल्याएको छ । हिजो हुदाँ खानेहरुलाई आज हुने खाने बनाउने नै लघुवित्त सस्था हो । तर पछिल्लो समय केहि सस्थाका सन्चालक र कर्मचारीका कारण लघुवित्त सस्था हरुप्रति टिका टिप्पणी नभएका भने होईन् । आगामी दिनमा लघुवित्त सस्चालक सस्थाहरुले बजारमा चलेका हल्लालाई समाधानका लागी केहि नितिगत निर्णय गर्न आवश्यक छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend