logo
शुक्रबार, साउन २९ २०८३

सूचना टाँसेर शुक्रबार दिउँसो १ बजे सम्मका लागि संसद्‍ बैठक स्थगित


  • कुइनेटो न्युज
  • बिहिबार, फाल्गुन १२ २०७८

काठमाडौं, शुक्रबार दिउँसो १ बजे सम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

संघीय संसद्‍का महासचिव डा. भरतराज गौतमका अनुसार फागुन १२ गतेका लागि निर्धारण गरिएको बैठक विशेष कारण बस्न नसक्ने भएपछि फागुन १३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको हो।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको गौतमले जानकारी दिए ।

बुधबार सार्वजनिक भएको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन९एमसीसी०माथि छलफल हुने उल्लेख थियो।

कार्यसूची निर्धारणका निम्ति बिहीबार बसेको कार्यव्यवस्था समिति बैठकमा सहमति नजुटेपछि विशेष कारण देखाउँदै बैठक स्थगित भएको हो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend