कमल ÷ कमल गाउँपालिका ३ स्थित शहिद धर्मधक्त माध्यमिक विध्यालयमा अध्यायनरत विध्यार्थिलाई उत्प्रेरणामूलक तालिम प्रदान गरिएको छ ।
विध्यालयमा कक्षा ९ देखी १२ सम्म अध्यायनरत विध्यार्थिलाई “सबको ईच्छा सार्थक शिक्षा, सफामन, सुन्दर जीवनका लागी दुई वर्षे नेपाल भ्रमण अभियान”का अभियान्ता नवराज भट्टराईले (कोहम् )सहजीकरण गर्नु भएको थियो ।
सहजिकरणका क्रममा नेपाल , भारत , भुटान र म्यानमार घुम्दा आफुले यात्राका क्रममा देखेका भेगेका र सुख दुःख विध्यार्थिलाई सुनाउनु भएको थियो जसले विध्यार्थिलाई किताबी ज्ञानकासाथै थप उर्जा मिलेकोले निकै उत्साहित थिए ।
आफुले २०६५ साल देखी सुरुगरेर दुई वर्षमा नेपालका ७५ वटै जिल्ला घुमेको र त्याहाँका प्रमुख धार्मिक तथा पर्यटकय स्थललगायत अन्य विभिन्न क्षेत्र लाई समेटेर यात्रा संस्मरण नेपाल भ्रमणका ७३० दिन नामक पुस्तका प्रकासन गर्नु भएको छ ।
त्यस्तै भारत , भुटान र म्यानमार घुम्दा त्याहँको अनुभवलाई समेटेर देखेको विश्व र नेपाल यात्रा संस्मरण समेत प्रकासन गर्नु भएको छ । आफुले आफुलाई चिन्न सकियोस् भनेर विश्व दृष्टि नाम तेश्रो पुस्तक समेत प्रकाशन गर्नु भएको छ ।
आज पनि नेपाललाई विश्व सामु चिनाउन सकिएको छैन । भ्रमणकै क्रममा भारतको गोवा पुग्दा त्याहँका पत्रकारले नेपाल जना भिषाको प्रक्रिया के छ भनेर आफुलाई साधेका थिए । यो सुन्दा आफुलाई अचम्म लागेको बताउदै भट्टराई भन्नुहुन्छ “भारतको कुनाकुनामा नेपाल जान भिषा चाईदैन भन्ने कुराको प्रचार मात्र सरकारले गर्ने हो भने वर्षेनी लाखौ पर्याटक नेपाल भित्र्याउन सकिन्छ”।