कमल ÷ कमल गाउँपालिका स्तरीय निजी तथा आवासीय विध्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) को प्याब्सन स्पोर्टस मिट २०७९ सम्पन्न भएको छ ।
प्याब्सनको वार्षिक क्यालेण्डर अनुसार अतिरिक्त कृयाकलापमा अन्र्तगत सम्पन्न खेलकुद प्रतियोगित अन्र्तगत चार फुट १० सेमि मुनिका छात्रतर्फ फुटवल , कक्षा १० सम्मका छात्र छात्रा तर्फ भलिवल, कृकेट, एथलेटिक्स, टेवलटेनिस लगायतका खेलकुद प्रतियोगिता सम्पन्न भएका थिए ।
प्याब्सन कमल अध्यक्ष बदिराम राईको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने, ५ नम्वर वडा अध्यक्ष लाल बहादुर विष्ट, शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, प्याव्सन जिल्ला सल्लाकार रामहरी घिमिरे लागतयतले शिल्ड ,प्रमाणपत्र र ट्रफि प्रदान गर्नु भएको थियो ।
सम्पन्न प्रतियोगितामा छात्र तर्फको १०० मिटर दौडमा प्रथम प्रितम कार्कि (विध्यासधन) द्वतिय समिन साम्सुहाङ (निहारीका) तृतिय सन्दिप थापा (सरस्वती) त्यस्तै छात्रातर्फ प्रथम खुशी चाम्लिङ(फोनिक्स) द्वतिय सविना पोख्रेल (विध्यासधन) तृतिय दिलिशा वास्तोला ( एभरग्रिन) त्यस्तै २०० मिटर दौडमा छात्र तर्फ प्रथम दिक्षित दाहाल ( पाथिभरा) द्वतिय रोजल राई ( फोनिक्स) तृतिय स्वागत लिम्बु (निहारीका) सुरज सेडाई ( साउथपोल) तथा छात्रातर्फ प्रथम आयुसा न्यौपाने (स्टार) द्वतिय प्रविना लिम्बु (लालिमा) तृतिय मनिशा भट्टराई (फोनिक्स) भएको प्याब्सन कमल सचिव दिपक संग्रौलाले जानकारी दिनु भयो ।
त्यसैगरी स्याक दौड तर्फ प्रथम सम्योग भण्डारी (सरस्वती) द्वतिय अनिस ताजपुरिया (साउथपोल) तृतिय सुदिप लिम्बु ((पाथिभरा) र चम्चा दौड तर्फ प्रथम खुशी नेम्वाङ( (फोनिक्स) द्वतिय श्वस्तिका वानिय (निहारीका) तृतिय गरिमा ताजपुरिया (एभरग्रिन) तथा हिसाब दौड तर्फ प्रथम नविन कार्की (साउथपोल) द्वतिय रुपेश दाहाल (विध्यासधन) तृतिय सिमरन फागो (लालिमा ) भएको आयोजकले जनाएको छ ।
टेवल टेनिस सिंगल तर्फ निहारिका, द्वतिय विध्यासधन र तृतिय फोनिक्स तथा डवल तर्फ प्रथम फोनिक्स द्वतिय निहारीका तृतिय विध्यासधन तथा छात्र तर्फको जुनियर टेवल टेनिसमा प्रथम लालिमा,द्वतिय निहारीका र छात्रा तर्फ प्रथम फोनिक्स द्वतिय निहारीका तृतिय लालिमा तथा छात्र तर्फको डवलमा प्रथम निहारीका द्वतिय नवोदय तृतिय लालिमा र छात्रा तर्फ प्रथम फोनिक्स द्वतिय लालिमा तृतिय केर्खा पब्लिक बिजयी भएको आयोजक प्याव्सन कमलले जनाएको छ ।
जुनियर तर्फको फुटवलमा प्रथम सरस्वती ,द्वतिय पाथिभरा तृतिय निहारीका छात्रा तर्फको भलिवलमा प्रथम पाथिभरा,द्वतिय निहारीका र तृतिय फोनिक्स तथा कृकेट तर्फ प्रथम एभरग्रिन द्वतिय फोनिक्स तृतिय नवोदय विजयी भएको थियो ।