कमल÷राष्ट्रिय हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियान २०७९÷८० अन्तर्गत पालिका स्तरिय रणनीतिक योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ ।
कमल गाउँपालिकाको सभाहलमा सम्पन्न गोष्ठीको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गर्नु भएको थियो ।
आगामी फागुन ११ गते बाट देशभर एकैसाथ हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियान कार्यक्रमलाई सफल बनाउनका लागी पालिका स्तरिय गोष्ठीको आयोजनागरी एको गाउँपालिकाले जनाएको छ ।
आम औषधि सेवन अभियान कार्यक्रममा २ वर्ष भन्दा माथिका सबैले अनिवार्य रुपमा औषधि सेवान गनुृपर्ने हुन्छ । तर २ वर्ष भन्दा मुनिका वालबालिका , ७ दिनका सुत्केरी, गर्भवती महिला र सिकिस्त विरामी बाहेकका सबैले अनिवार्य ओषधि सेवन गर्नुपर्ने हुन्छ ।
स्वस्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले सहजी करणगर्नु भएको कार्यक्रममा जनप्रतिनिधी, सामाजिक संघ सस्थाका प्रतिनिधी, शिक्षक,उद्योग वाणिज्य संघका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमा उपस्थित सम्पुर्ण सहभागीले आम औषधि सेवन अभियान २०७९÷८० कार्यक्रम सफल बनाउनकोलागी प्रतिवद्धता पत्रमा हस्ताक्षण समेत गर्नु भएको थियो ।
कार्यक्रमलाई प्रभावकारी बनाउनकालागी गाउँपालिकामा रहेका स्वस्थ्यकर्मि, महिला स्वयमसेवीका र समुदायमा समेत अभिमुखीकरण कार्यक्रम संचालन गरीने स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिनुभयो ।