कमल ÷ कमल गाउँपालिका स्तरीय निजी तथा आवासीय विध्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन)को आज बाट प्याब्सन स्पोर्टस मिट २०७९ सुरु भएको छ ।
प्याब्सनको वार्षिक क्यालेण्डर अनुसार अतिरिक्त कृयाकलाप अन्र्तगत विभिन्न प्रतियोगिता सुरु भएको हो ।
आज बाट सुरु भएको खेलकुद प्रतियोगित अन्र्तगत चार फुट १० सेमि मुनिका छात्रतर्फ फुटवल , कक्षा १० सम्मका छात्र छात्राा तर्फ भलिवल, कृकेट, एथलेटिक्स, टेवलटेनिस लगायतका खेलकुद प्रतियोगिता हुने प्याब्सन कमलका अध्यक्ष बदीराम राईले जानकारी दिनुभयो ।
प्रतियोगिता उद्घाटन कार्यक्रमका अवसरमा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने, ६ नम्वर वडा अध्यक्ष नरेन्द्र भट्टराई शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, प्याव्सन जिल्ला सल्लाकार रामहरी घिमिरे जिल्ला सदस्य त्रिलोचन गौतम लागतयतले यस्ता प्रतियोताले विध्यार्थिलाई लगनशिल, अनुशासित र शारिरिक तन्दुरुस्त बनाउन सहयोग पुग्ने भएकोले ईमान्दारीता साथ खेल्न शुभकामना मन्तव्य राख्नु भएको थियो ।