logo
शुक्रबार, साउन २९ २०८३

आयत गरिएको भन्दा स्वदेशमै उत्पादन गरिएको सेनेटरी प्याड सस्तो र गुणस्तर


  • उमानाथ भण्डारी
  • मंगलबार, माघ २४ २०७९

कमल । विदेश बाट आयत गरिएको सेनेटरी प्याड भन्दा स्वदेशमै उत्पादन गरिएको सेनेटरी प्याड सस्तो र गुणस्तर भएको एक कार्यक्रमका सहभागीहरुले बताउनु भएको छ ।
विदेश बाट आयत गरिएको सेनेटरी प्याड भन्दा स्वदेशमै उत्पादन गरिएको सेनेटरी प्याड स्वस्थ्य र वातावरण मैत्री भएको कार्यक्रमका सहभागी हरुको भनाई छ ।
झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशील महिला जागरण केन्द्र द्वरा आयोजित तथा ३ नम्वर वडा कार्यालयको आर्थिक सहयोगमा सन्चालित दुई हप्ते सेनेटरी प्याड उत्पदान तालिमको समापन कार्यक्रमका सहभागीहरुले सोकुरा बताएका हुन ।
तालिमका क्रममा तयार पारिएका प्याड हामिले प्रयोग गर्यौ , पहिलेको भन्दा प्रयोय गर्न सजिलो हुनुका साथै सफा गरेर पुन प्रयोग गर्न समेत सकिने भएकोले आर्थिक रुपमा समेत फाईदा पुग्ने स्थानिय शहिद धर्मभक्त माध्यमिक विध्यालयमा कक्षा १२ मा अध्यायनर छात्रा मेलिना तामाङ्गले बताउनु भयो ।
जब सम्म गाउँपालिकाका महिला सक्षम हुदैन तब सम्म समृद्घ कमल हाम्रो सरोकारको नारा सम्भव छैन , त्यसैले गाउँपालिकामा भएका महिलालाई आत्मनिर्भर बनाउनकालागी गाउँपालिकाले विभिन्न प्रकारका सिपमुलक तालिम सन्चालन गर्दै छ । सोहि तालिम अन्तर्गत यो पनि हो । आज सेनेटरी प्याड आयतमा कडरौ रकम विदेश गएको छ । त्यसलाई रोक्न र गाउँपालिकाका महिलालाई व्यवसायीक बनाउन यो तालिमले सहयोग पुग्ने कमल गाउँपालिकाका अध्यक्ष हुमुमसिंह राईले बताउनु भयो ।
स्थानिय महिलालाई विभिन्न प्रकारका सिप मुलक तालिम प्रदान गरेर आत्म निर्भर बनाउनु हामी जनप्रतिनिधीको पहिलो कर्तव्य हो । सोहि तालिम अन्तर्गत यो सेनेटरी प्याड उत्पादन तालिम सन्चालन भएको छ । सबै विध्यालयमा निःशुल्क प्याड वितरण गर्दा गाउँपालिकालाई जो आर्थिक भार परेको छ । त्यसलाई याहाँ बाट उत्पदान गरेको प्याडले सहयोग पुग्ने छ भने अन्य दिदि बैनिलाई पनि यो प्याड प्रयोग गर्दा आर्थिक रुपमा यसले फाईदा पुग्ने गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।
वडामा भएका महिलालाई सिप सिकाई व्यवसायीक बन्ने अवसर प्रदान गर्नुका साथै आफ्नै उत्पादनलाई प्रयोग गर्न प्रोत्साहन गर्ने उद्येश्यले तालिम सन्चालन गरिएको हो । महिलालाई मासिक धर्म हुनु भनेको नियमित प्रकृया हो । विदेश तिर यसलाई अविभावले आफ्ना नानिहरुलाई खुलेर बताउन् तर नेपालमा यस्तो चलन अझै छैन जसका कारण मासिक धर्म भएका बेला सरसफाईमा ध्यान नदिएकाले धेरै कीशोरीले विभिन्न समस्या भोग्नु परेको छ । त्यसलाई थोरै भएपनि यसले न्युनिकरणमा सहयोग पुग्न ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले बताउनु हुन्छ ।
तालिममा ३ नम्वर वडाका २२ जना महिला सहभागी रहेका थिए । तालिमका क्रममा तयारपारिएका सेनेटरी प्याड स्थानिय विध्यालयमा अध्यायन छात्रालाई निःशुल्क प्रयोग गर्न दिएको र उनिहरु बाट आयात गरिएको प्याड भन्दा गुणस्तर र सस्तो समेत भएको र धेरै पटक सम्म पयोग गर्न सकिने प्रतिकृया आएको उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालले बताउनु भयो ।
केन्द्रकी सह सचिव नन्दा राई मेन्याङ्गवोले सन्चालन गरेको कार्यक्रममा उस्थित अतिथी तथा सहभागीलाई कोषध्यक्ष बबिता बाग्लेले शाब्दिक शब्द द्घारा स्वगत गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend