logo
शुक्रबार, साउन २९ २०८३

चौतारीले गर्यो अग्रज पत्रकारहरुको सम्मान


  • कुइनेटो न्युज
  • शनिबार, माघ २१ २०७९

कमल । प्रेस चौतारी झापाले प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ ।

विर्तामोडमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको छ ।

सम्मानित अग्रज पत्रकारहरुमा नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल हुनुहुन्छ ।

पाठक प्रेस चौतारी झापाका प्रथम अध्यक्ष हुनुहुन्छ । काजी, क्षेत्री र आचार्य झापाको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्याएका अग्रज हुनुहुन्छ । पकुवाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको हो ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव प्रकाश पौडेल, चौतारीको इतिहास बारे प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल र सम्मानित व्यक्तित्वहरुको परिचय प्रेस चौतारी झापाका इञ्चार्ज सन्तोष आचार्यले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा मुख्यमन्त्री कार्की, सम्मानित व्यक्तित्व गोविन्दचन्द क्षेत्री, प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम, फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले मन्तब्य बयक्त गर्नुभएको थियो ।

नेकपा एमाले प्रचार विभागका सदस्य गोपाल काफ्लेले सम्मान पत्र पढेर सुनाउनु भएको थियो भने चौतारीका झापा उपाध्यक्ष प्रदिप परियारले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, जिसस प्रमुख विश्व बराल, प्रजिअ शिवराम पोखरेल, प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, प्रेस चौतारीका प्रदेश इञ्चार्ज विक्रम लुइँटेल, नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend