कमल । सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुर मा आज विहान भएको सडक दुर्घटनामा परी ट्रक चालक र सहचालक को मृत्यु भएको हो ।
पश्चिम बाट पुर्व जादै गरेको ना ६ ख ८८९५ नम्वरको मालवाहक ट्रक लाई सोहि दिशातर्फ जादै गरेकोे ना ३ ख ८३११ नम्वर ट्रकले ठक्कर दिदा ठक्कर दिने ट्रकका चालक ईटहरी उपमहानगरपालिका बकलौरी निवासी वर्ष ३५ का मदन चौधरीको घटना स्थलमै मृत्यु भएको र यो समाचार तयार पार्दा सम्म ट्रकका सहचालकको पैचान नखुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सम्लग्न ट्रक लाई ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै छ भने मृतकको सव पोष्टमार्टमा लागी दमक अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।दुर्घटना बाक्लो हुस्सुका कारण भएको प्रहरीले जनाएको छ ।