logo
शुक्रबार, साउन २९ २०८३

रोग लुकाएका कारण झापामा कुष्ठरोगीहरु संख्यामा बृद्धी


  • उमानाथ भण्डारी
  • सोमबार, माघ १६ २०७९

कमल । रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्या दिनानु दिन बढी रहेको एक कार्यक्रममा सहभागीहरुले बताएकाछन् ।
कुष्ठ रोगीहरुको संख्या प्रति दशहजारमा १ जना भन्दा कम हुनु पर्ने नेपाल सरकारको लक्ष्य भएपनि रोगीहरुले रोग लुकाएर बसेका कारण त्यो संख्या ह्वात्तै बढेको आज दमक स्थित दमक अस्पतालमा भएको विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवश २०२३ का अवसरमा आयोजित कार्यक्रममा सहभागीहरुले सो कुरा बताउनु भएको हो ।
सुरुसुरुमा वयस्क र वृद्धमा मात्र कुष्ठरोगको संक्रमण देखिने गरेतापनी पछिल्लो समय ५ वर्ष देखी १३ वर्ष सम्मका बालबालिमामा रोग देखिनु भनेको भित्रभित्रै रोग तिव्ररुपमा आगो जस्तै फैलिरहेको छ भन्ने कुरा प्रमाणीत भैसकेको कार्यक्रमका सहभागीले बताएका छन् ।
यो रोग परजिविका कारण मानिसमा लाग्ने गर्दछ । अशिक्षा र सरसफाईमा कमि भएका कारण रोग मनिसमा सर्ने गर्दछ रोग लागेको सुरु कै अवस्थामा औषधी प्रयोग गरेमा रोग सजिलै निकोहुन्छ तर ढीलो र नियमित औषधी प्रयोग नगर्ने हो भने अंङ्कभङ्क समेत हुने गर्दछ
गत आर्थिक वर्षको अन्त्य सम्ममा झापामा कुष्ठ रोगीको संख्या १ सय २१ थियो । यो आर्थिक वर्षको ६ महिनामा ६ जना बच्चा सहित १ सय २० पुगि सकेको ले स्थिती अझ भयाभय हुन सक्ने दमक अस्पतालका डाक्टर गुरु पौडेलले बताउनु भयो ।


खानपिन र जीवनशैली कारण रोगलाग्ने गर्दछ ,समयमा उपचार गर्ने हो भने सबै रोगको उपचार हुन्छ । तर रोग लागेपछि त्यसलाई ध्यान नदिएका कारण हामी अंङ्कभङ्क समेत हुने गर्दछौ । आर्थिक रुपमा विपन्न र कुष्ठ रोगीलाई तिनै तहको सरकारले सहयोग गरिरहेको छ । यस विषमा दमक नगरपालिका सचेत छ र कुष्ठ रागीलाई सहयोग गर्न नगरपालिका जहिलै तयार रहेको दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।
विश्वमा उपेक्षित उष्णप्रदेशीय रोग २० प्रकारका भएपनि नेपालमा कुष्ठरोग, हात्तीपाईले , डेंगु, लुतो, कालाजार, रेविज, सर्प दंश ,जुका , फित्ते जुका र खस्रे रोग लगायत १० प्रकारका रोग बढी देखिने गरेको छ । पछिललो समय झापामा कुष्ठरोगीको संख्या दिनानुदीन बढी रहेको छ । त्यसलाई न्युनिकरण गर्नकालागी जनचेताना मुलक कार्यक्रमको आयोजना गरीएको साहारा नेपालका कार्यक्रम संयोजक पवन राईले बताउनु भयो ।


सुरुमा रोगबारे आफुलाई जानकारी भएन रोगले निकै च्यापेपछि डाक्टरलाई देखाउदा कुष्ठरोग भएको जानकार िपार्य तेतिवेला सम्ममा निकै ढिलो भएको रहेछ । अहिले नियमित औषधी सेवन गर्दैछु । हिडडुल गर्न र काम गर्न सक्ने अवस्था नभएकोले घरमै बस्ने गरेको गौरीगंज १ निवासी नागेन प्रसाद राजवंशी बताउनुहुन्छ ।
सुरसुरुमा रोगलागेको थाहा नै भएन पछि थाहा पाउदा निकै ढिला भएको रहेछ । सुरुमै थाहा भएको भए नियमित औषधी प्रयोगले निको हुने रहेछ । अहिले डाक्टरको सल्लाह अनुसार नयिमित औषधी प्रयोग गर्नुका साथै रोगलागेको भागलाई समेत नियमित सफा गर्नाले सक्रमण रोकिएको गौरीगंजकै नयलाल राजवंशी बताउनुहुन्छ ।
कुष्ठ रोगका विरामीलाई नियमित रुपमा उपचार गर्न र औषधी सेवन गर्न सहज होस भनेर दमक अस्पतालमा एककिृत उपचार कक्षको स्थापना गरिएको छ । याहाँ उपचार सम्भव नभए सर्लाईको लालगढ र ललितपुरको आनन्दवन अस्पतालमा निःशुल्क उपचारका लागी यातायात खर्च सहित व्यवस्था गरिएको करुणा फाउण्डेसनका कार्यक्रम संयोजक अंकित पाठकले बताउनु भयो ।
दमक गरपालिका का जन स्वस्थ्य अधिकारी नगेन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमलाई स्वस्थ्य शाकाका कर्मचारी देवकुमारी न्यौपानेले सन्चालन गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend