कमल । सरकारको आर्थिक नितिका कारण देशको अर्थतन्त्र खस्कदै जानुका साथै उद्योगी व्यावसायीहरुमा मनोसामाजिक समस्या देखा पर्न थालेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
कमल नगरजेसीजको आयोजनामा खस्कदै गएको अर्थतन्त्र र उद्योगी व्यवसायीहरुमा परेको मनोसामाजिक समस्या विषयक अन्तरकृया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
कोभिड पछि आएको आर्थिक मन्दि सगै व्यापार व्यवसायमा खस्कदै जानु र व्यावसायीमा डिप्रेसन बढ्नु जसका कारण आत्महत्या जस्ता घटना बढ्न गएकोले यसलाई न्युनिकराण तर्फ सम्बन्धित पक्ष लाग्नुपर्ने व्यवसायी बताउछन् ।
बैक तथा वित्तिय सस्थाले स्थानिय उत्पादनमा लागेका उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक छ । ठुला उद्योगी र व्यवसायीलाई बैकले सहयोग गर्ने तर हामिजस्ता सान उद्योगी र व्यवसायीलाई बैकले नपत्याउने गरेका कारण व्यसाय सन्चालनमा समस्या आएको कमल उद्योग वाणिज्य संघका महासचिव युवराज पाठकले बताउनु भयो ।
जिवनमा अगाडी बढ्ने कुनैपनि बाटो नदेखेपछी मानिसले आत्महत्या गर्ने गर्दछ । अहिले सम्मको तथ्याङ्कमा कायर व्याक्तिले मात्र आत्महत्या गर्ने गरेको पाईएको छ । आत्महत्या गर्ने व्याक्तिलाई समाजमा कसैले पनि सकारात्मक दृष्टी कोणले हेर्दैन् तरपनि जिवनका सबै बाटा बन्द भएपछि अन्तिममा आत्महत्या गर्ने गर्दछन् । तर आत्महत्या गर्नु भन्दा पहिले त्यस्ता व्याक्ति नकारात्मक सोचहरु आउने गर्दछ त्यस्ता कुराहरुको पैचानगरी सहयोग गर्न सके आत्महत्या गर्नेको संख्यामा न्युनिकरण गर्न सकिने टिपिओ नेपालकी मनोविद क्लिनिकल सुपरभाईजर सरस्वती मिश्रले बताउनु भयो ।
आफुले कति गर्न सकिन्छ सोहि अनुसारको कारोवार गर्नुपर्छ । आफुले धान्न सक्ने भन्दा बढी व्यावसाय सन्चालनगर्नाले पनि अहिले यो अवस्था आएको हो । आफुले धान्न सक्ने भन्दा बढी बैक बाट कर्जा लिएर त्यसलाई सहिरुपमा परिचालन नगरेका कारण आफु समस्यामा पर्ने र राज्यलाई दोष दिएर आफु बच्न खोज्ने प्रथाको अन्त्य हुनुपर्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।
बजारमा आर्थिक मन्दिका कारण धेरै समस्या आएको छ । जसका कारण सहकारीलाई समेत यसले धेरै ठुलो समस्या पारेको छ । सहकारीले लगानी गरेको रकम उठाउन सकेको छैन भने कतिपय सदस्य पलायन समेत भएको नवोदय बहुउद्येश्यीय सहकारी सस्थाका अध्यक्ष शरण कुमार पराजुलीले बताउनु भयो ।
ठुला उद्योगी र व्यवसायीका कारण आज साना उद्योगी र व्यवसायी मारमा परेका छन् । त्यसैले यसको अन्त्यहुन जरुरी छ । भने अर्को तर्फ कर्जाको सहि सदुपयोग नभएका कारणले समेत समस्या आउने गरेको सेन्चुरी बैक दमकका प्रमुख मिलन पाठकले बताउनु भयो ।
कोभिडको १९ जस्तो ठुलो महामारी असर दश वर्ष सम्म रहन्छ र त्यो बाट पहिलोको अवस्थामा जस्तो सामान्य अवस्जामा आउन लाग्ने समय सम्म सरकारले छुट र सहुलियत दिनुको सट्टा मुल्य वृद्धी गरेर सरकारले व्यवसायीको गला रेटेको फर्निचार उद्योगी दवी प्रसाद दाहालले बताउनु भयो ।
कार्यक्रमको सहजिकरण कमल नगर जेसीज वर्ष २३ का अध्यक्ष जेसी रिजु कार्किले ले सहजीकरण गर्नु भएको थियो भने महासचिव लोक बहादुर ख्डकाले शाब्दिक शब्द द्वारा स्वगत गर्नु का साथै अध्यक्षका सल्लाकार गोपाल खनालले कार्यक्रमको उदेश्य माथि प्रकास पार्नु भएको थियो ।
कमलनगर जेसिजद्धारा विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला तथा शैक्षिक सामाग्री वितरण

झापाको कमलमा रहेको कमलनगर जेसिजले सरस्वती पूजाको अवसरमा बिहिबार विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
कमल गाउँपालिका वडा नं। १, स्थित सोलमारीमा रहेको श्री कालिका आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई भाग्य बोक्ने झोला र शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कमलनगर जेसीजले उक्त विद्यालयका कक्षा १ देखि कक्षा ४ सम्मका जम्मा २४ जना विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला र शैक्षिक सामाग्री वितरण गरिएको कमलनगर जेसिज वर्ष २०२३ का महासचिव हरि अधिकारी बताए ।
कमलनगर जेसीज वर्ष २०२३ का तालिम निर्देशक जेसी लोक बहादुर खड्काको संयोजकत्व, कमल नगर जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी रिजु कार्कीको अध्यक्षतामा र कमल नगर जेसीजका मानार्थ सदस्य तथा नेपालका लागि मोरिससका अवैतनिक महावाणिज्य दुत गणेश कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको विशिष्ट अतिथिहरुमा कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, कमल नगर जेसीजका पूर्व अध्यक्ष तथा हाल कमल गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष केदार कटुवाल रहनुभएको थियो । अतिथिहरुमा कमलनगर जेसीजका निवर्तमान अध्यक्ष जेसी नारायण बस्नेत, कमलनगर जेसीज वर्ष २०२१ का अध्यक्ष तथा वर्ष २०२३ को अध्यक्षको प्रमुख सल्लाहकार जेसी छत्रपति खनाल गोपाल, कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक छत्र कार्की , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण भटराई, कमल उद्योग वाणिज्य संघका महासचिव युवराज पाठक, श्रुति क्रिति सहकारी संस्थाकी अध्यक्ष सरस्वती सेढाई, सामाजिक व्यक्तित्व खगेन भण्डारी, बुद्धिराज न्यौपाने रहनुभएको थियो ।उक्त कार्यक्रमको सञ्चालन कमलनगर जेसिज वर्ष २०२३ का महासचिव अधिकारी गरेका थिए ।
कमलनगर जेसिजद्वारा होडिङ्ग बोर्ड निमार्ण तथा व्यवस्थापन कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिका रहेको कमलनगर जेसिजले बुधबार होडिङ्ग बोर्ड निमार्ण तथा व्यवस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।
कमलनगर जेसिजले कमल गाउँपालिका भित्र पर्ने सिमाना कमल(७, स्थित गेउरीया पुल, कमल(३, स्थित कमल पुल र कमल(५, स्थित रतुवा पुल अगाडि होडिङ्ग बोर्ड राखेको छ ।
उक्त होडिङ्ग बोर्डमा कमल गाउँपालिका प्रवेश गर्नु भएकोमा धन्यवाद लेखिएको र मानिसहरू यात्रा गर्दा आफू कुन क्षेत्रमा प्रवेश गरे भन्ने बारेमा जानकारी होस् भन्ने उद्वेश्यले उक्त होडिङ्ग बोर्ड राखिएको कमलनगर जेसिजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन अधिकारी बताए ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा कमल गाउँपालिकाका प्रमुख नायव निरीक्षक सुवास मिश्र, विशिष्ट अतिथिहरूमा गौरादह ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक लक्ष्मी प्रसाद ओझा, कमलनगर जेसिजका पूर्वअध्यक्ष तथा कमल(१ का वडाध्यक्ष केदार कटुवाल रहनु भएको थियोे । भने अतिथिहरुमा कमलनगर जेसिजका पूर्वअध्यक्ष हेम बहादुर दाहाल, समाजसेवी पर्शुराम सुवेदी तथा कमलनगर जेसिजका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको समापन कमलनगर जेसिज वर्ष २०२३ का अध्यक्ष रिजु कार्कीले गरेका थिए भने कार्यक्रमको सञ्चालन कमलनगर जेसिज वर्ष २०२३ का महासचिव हरि अधिकारीले गर्नुभएको थियोे ।
कमल उद्योग वाणिज्य संघ द्वारा आचार्यको नाममा श्रद्धान्जलीसभा

त्यसैगरी कमल उद्योग वाणिज्य संघले ईलामका उद्योगी प्रेमप्रसाद आचार्य (सन्तोस) ले आफ्नो शरिरमा पेट्रोल हालेर आत्मदाहा गर्न सरकारले बाध्य पारेको भन्दै आगामी दिनमा यस्ता घटना दोहोरीन नदिन सरकार सम्वेदनशिल हुनुपर्ने भन्दै आचार्य को श्रद्धान्जिली सभा गरेको थियो ।