logo
शुक्रबार, साउन २९ २०८३

विश्वकपमा छनोटका लागि आज नेपालको यूएईसँग निर्णायक खेल


  • कुइनेटो न्युज
  • मंगलबार, फाल्गुन १० २०७८

काठमाडौ, आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत आज नेपालले यूएईसँग निर्णायक खेल खेल्दै छ। आजको खेलमा जीत हात पारेको अवस्थामा नेपालले आगामी अक्टोबरमा हुने टी–२० विश्वकपमा सहभागी हुन पाउनेछ।

ग्लोबल क्वालिफायर एबमे समूह बीमा रहेको नेपाल विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह ए को उपविजेताको हैसियतमा यूएईले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

प्रतियोगिता सुरु हुनुभन्दा अघि भएको चार देशीय सिरिजमा भने नेपाल यूएईसँग पराजित भएको थियो। तर, समूह बीको तीनै खेलमा जीत हात पारेको नेपाल मंगलबार उच्च आत्मविश्वासको साथ मैदानमा उत्रिनेछ।

मंगलबार ओमानको अलमिरातस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ। त्यस्तै सोही समयमा अर्को सेमिफाइनलमा घरेलु टोलीओमान र आयरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend