कमल । दमक उद्योग बाणिज्य संघको अध्यक्षमा गुरागाई निर्वाचित हुनु भएको छ ।
संघको शुक्रवार सम्पन्न निर्वाचनको आज विहान ४.३० वजे घोषणा गरिएको मतपरिणाम अनुसार संघको अध्यक्षमा ९सय ८५ मतका साथ अध्यक्षमा देवी प्रसाद गुरागाईं ( गोपाल ) विजयी हुनुभएको छ भने वहाँका प्रतिष्पर्धी बिमल खतिवडाले ६ सय ५१ मत पाप्त गर्नु भएको छ ।
दमक उद्योग बाणिज्य संघमा यसपटक पनि लोकतान्त्रिक व्यवसायीले आफनो बश्चर्व कायम गर्न सफल भएको छ । नेपाली कांग्रेस,राप्रपासहितको संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले नेकपा एमाले निकट माओवादी सहितको प्रगतिशील समूहको गठबन्धनलाई हराउदै सबै पदमा जित हासिल गरेको हो ।
यस्तै,वरिष्ठ उपाध्यक्षमा राजु खड्काले ८ सय ८२ मत ल्याई विजयी हुनुभएको छ भने उनका प्रतिष्पर्धी प्रगतिशीलका राजन दंगालले ७ सय १५ मत प्राप्त गर्नु भएको छ । यसैगरी,प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङयाले ८ सय २९ मत ल्याएर बिजयी हुदाँ वहाँका प्रतिद्धन्दी प्रगतिशीलका भरत चम्लागाईले ७ सय ८३ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी द्वितिय उपाध्यक्षमा प्रगतिशीलकी उम्मेदवार बिन्दु सिटौला(लक्की )ले ६ सय ०३ मत, ज्ञाननाथ पौडेल (ज्ञानु )ले १ हजार ७ मतका साथ विजयी हुनुभएको हो ।
त्यसैगरी तृतीय उपाध्यक्षमा रुबल अधिकारीले ९ सय ६९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने वहाँका प्रतिद्धन्दी प्रगतिशीलका असिम राईले ६ सय ३१ मत प्राप्त गर्नु भएको छ ।
महिला सदस्यमा तुम्बापो र अधिकारी विजयी
दुई सदस्य महिला सदस्यको कोटामा दुवै समूहले बरावरी जितेको छ । जसअनुसार कविता अधिकारीले १ हजार १२ र लोकतान्त्रिककी संगीता तुम्बापोले १हजार ६८ प्राप्तगरी विजयी हुनुभएको हो । प्रतिष्पर्धी गंगा अधिकारीले ८सय ७३ मत ल्याउनु भएको थियो ।
यसैगरि, खुल्ला ६ जना सदस्यमा प्रगतिशीलका उमेश गजमेर , टिकाराम खतिवडा ९ सय ३९ मत , तुलसीराम तिम्सिना ९सय ६९ कमल कटुवाल ८सय ३९ सुवासचन्द्र गड्तौला ८ सय ४२ र हेमसागर अधिकारी ९सय ४ मत ल्याउदै विजयी हुनुभएको हो ।
सदस्यमा प्रतिष्पर्धी चिरन न्यौपाने ७ सय २७ स्वतन्त्र जय प्रसाद विमली ३ सय४८,डम्बर बहादुर खड्का ५सय ३ मोहन मगर ६ सय मोहन शिवाकोटी ६ सय ८३ र लोकनाथ सापकोटा ७ सय ४३ मत प्राप्त गर्नु भएको थियो ।
लेखा संयोजकमा चम्लागाई
लेखा समिति संयोजकमा लोकतान्त्रिककै नेत्र प्रसाद चम्लागाईले ९ सय ६५ मत प्राप्त गरि विजयी हुनुभएको छ भने वहाँका प्रतिष्पर्धी प्रगतिशीलका मुकुन्द आचार्यले ६ सय ७१ मत ल्याउनु भएको थियो । लेखा समिति सदस्यीयमा पदम राउत र षडानन्द घिमीरे निर्विरोध निर्वाचित हुनुभएको थियो ।
बस्तुगत र लेखा सदस्य निर्विरोध
२२ सदस्यीय नयाँ कार्यसमितिमा संघको महिला उपाध्यक्षसहित ७ सदस्यीय बस्तुगत सदस्य तथा लेखा समिति सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक लीला गुरागाईले जानकारी दिनुभयो । । जसअन्तर्गत महिला उपाध्यक्ष पदमा शुष्मा निरौला केसी ,बस्तुगततर्फ सदस्यतर्फ मोवाइलबाट भेनस श्रेष्ठ, रेडिमेडका संजीव बराल, सुनचाँदीका विवेक श्रेष्ठ, अटो मोबाइलका प्रकाश नेपाल, ग्याँसका तिलक डाँगी,
शुक्रवार सम्पन्न मतदानमा संघमा आवद्ध कुल २ हजार १६ जना व्यवसायी मतदाता मध्ये १ हजार ६ सय ८९ मत खसेको थियो । नयाँ नेतृत्वका लागि व्यवसायीले दलीय दुई वटा प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।