logo
शुक्रबार, साउन २९ २०८३

ब्यवसायीको हित र बाणिज्य संघको काँचूली फेर्न बिमल खतिवडाको नेतृत्वले जित्नैपर्छ-पुर्व अध्यक्ष राजेन्द्र ढकाल

  • विष्णु पोख्रेल
  • मंगलबार, माघ ३ २०७९

दमक । दमक उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्र ढकालले अध्यक्ष बिमल खतिवडा सहितको प्यानललाई जिताउन ब्यवसायीहरुसंग आग्रह गरेकाछन् । आफुको नेतृत्वमा हिजो बिमल खतिवडा बरिष्ठ उपाध्यक्ष हुँदा गरेका कामहरुको निरन्तरता सहित ब्यवसायीहरुले अपनत्व फिल हुने गरी काम गर्न बिमल खतिवडाले काम गर्ने भन्दै उनले यस्तो आग्रह गरेकाहुन् ।

ब्यवसायीक हितकोष लगायतका ब्यवसायीक सुरक्षा र हितमा काम गर्ने निडर उम्मेद्वार खतिवडा सहितको टिम बिजय भएमात्र दमक उद्योग बाणिज्य संघले काँचुली फेर्ने उनले जनाए । बाणिज्य संघको आज के हालत भएको छ सबै ब्यवसायीहरुले देख्नु भएकै छ, उनले भने ।

बाणिज्य संघमा ब्यवसायीहरुको भरोस कम हुँदै गएको अवस्थामा ब्यवसायीक भरोसाका लागि पनि खतिवडा आवश्यक भएको ढकालको भनाई थियो । हामी ब्यवसायीको हकहित र मुद्धाहरु लिएर काम गर्न जाने भएकाले हामीले ब्यवसायीले विश्वास गर्नु हुनेछ, ढकालको दाबी छ ।

केहि दिन अघि भएको दमक उद्योग बाणिज्य संघको अधिवेसनको बन्दशत्रमा ब्यवसायीको बिषयमा छलफल नभएको र बन्दशत्र नै नगराएको स्मरण गर्दै यस्तो अवस्थाबाट संघलाई ब्यवसायीका गुनासो राख्ने तथा उक्त गुनासो सम्बोधन गर्ने अवस्था खतिवडाको प्यानलले गर्ने ढकालले बताए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend