logo
शुक्रबार, साउन २९ २०८३

झापाको दमक ६ स्थित नमूना बजारमा आगलागि, ६ वटा पसलमा क्षती


  • कुइनेटो न्युज
  • आइतबार, माघ १ २०७९

दमक  | झापाको दमक ६ स्थित नमूना बजारमा आज बिहान आगलागि भएको छ । बिहान करिब ३ बजेबाट आगलागि सुरु भएको अनुमान गरिएको छ ।

नमूना बजारमा रहेको राज श्रेष्ठको पशलबाट आगलागि सुरु भएको बताइएको छ ।

श्रेष्ठको पशलसँगै अन्य ६ वटा पसल पनि जलेर नष्ट भएको छ भने नजिकै रहेका अन्य पशलहरुलाई जोगाउनका लागि त्याहाका सर–सामान अन्यत्रै सारिएको छ ।

यस्तै सोही स्थानमा रहेको घिमिरे मार्केटमा समेत आगोले क्षती पुर्याएको छ ।

घिमिरे मार्कटमा रहेका केहि पशलहरुमा आगोले क्षती पुर्याएको हो ।

आगलागि नियन्त्रणका लागि दमकका २ वटा दमकल, गौरादह, कानेपोखरी, लेटाङ, शुन्दरहरैंचा, कमल लगायतका स्थानबाट आएका अन्य दमकलसहित दमक प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिएको थियो ।

आगो अहिले पूर्ण रुपमा नियन्त्रणमा आईसकेको छ । बिद्युत सर्ट भएर आगलागि भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend