कमल । वालमैत्री स्थानिय शासन लागु गरेर मात्र हुँदैन त्यसको दिगोपनकालागि सरोकारवालको भुमिका पनि उत्तिकै महत्वपुर्ण हुने एक कार्यक्रममा सहभागीहरुले बताउनु भएको छ ।
झापाको कमल गाउँपालिका ७ नम्वर वडा कार्यालयले वालमैत्री स्थानिय शासनको दिगोपनकोलागि सरोकारवालाहरु बिच गरेको अन्तरकृया तथा छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताउनु भएको हो ।
वालमैत्री वडा घोषणा पश्चात बालबालिकाको मुहारमा खुशी आई कमल समृद्धितर्फ उन्मुख भयो , बालबालिकाको अर्थपुर्ण सहभागिता गर्ने बानि र पद्धतिको विकास भई आधारभुत आवश्यकता पुराहुन सके त ? भन्ने विषयमा सरोकार वालासंग छलफल तथा अन्तरकृया सम्पन्न भएको थियो ।

वालमैत्री वातावरण हुनकालागी सबै भन्दा पहिले बालबालिकाको घर नै बालमैत्री हुनुपर्छ । त्यसपछि विध्यालय र अन्यक्षेत्र को वातावरण बालमैत्री बनाउनु पर्छ यसकालागी सरोकारवाला सबै पक्षको उत्तिकै महत्वपुर्ण भुमिका हुनुपर्ने कमल गाउँपालिका वडा नम्वर ७ स्थित सरस्वती माध्यमिक विध्यालयका प्रधानाध्यापक रुकमान लिम्वु बताउनुहुन्छ ।
वडा कार्यलय बाट सञ्चालन हुने विभिन्न कार्यक्रम छन् त्यसलाई कार्यान्वयन गराउनकालागी टोल विकास सस्थाको महत्वपुर्ण भुमिका हुन्छ । त्यसैले यो वालमैत्री स्थानिय शासनको दिगोपनकालागी टोलविकास सस्थाको अत्यन्तै महत्व पुर्ण भुमिकाहुने भएकोले टोल विकास सस्थाले सहजकर्ताको भुमिका निर्वाह गरिरहेको कमल गाउँपालिका वडा नम्वर ७ स्थिा विष्णु कठ्ठा टोलविकास सस्थाका अध्यक्ष अकल बहादुर गुरुङ्ग बताउनुहुन्छ ।
वालमैत्री सथानिय शासनको दिगोपनकालागि वडाले विभिन्न कार्यक्रम गर्दैछ । सोहि अनुसार यो पटक टोल विकाल सस्थाका प्रतिनिधी , विध्यालयका सन्चालक, वालक्लका प्रतिनिधी लगायत सरोकारवालहरु संग अन्तरक्रिया तथा छलफल गरिएको वडा अध्यक्ष पृथ्विपती राई बताउनुहुन्छ ।
वडाले ५१ वटा सुचक पुरागरेपछि गत २०७९ साल बैशाख ९ गतेका दिन वडालाई वालमैत्री स्थानिय शासनयुक्त वडा घोषण गरिएको थियो । कार्यक्रमको सहजीकरण बलमैन्त्री अभियानका सहजकर्ता सुमन ढकलले गर्नु भएको थियो ।