logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका द्वारा श्रमिकलाई काममा खटाउन सुरु


  • कुइनेटो न्युज
  • बुधबार, पुष ६ २०७९

कमल । झापाको कमल गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रमिकलाई काममा खटाउनु सुरु गरेको छ ।
चालु आर्थिक वर्षमा गाउँपालिकामा सुचिकृत भएका कामदारहरु मध्ये पहिलो पटक ५ जना श्रमिकलाई काममा खटाईएको गाउँपालिकाले जनाएको छ ।
पहिलो पटक गाउँपालिकाको कम्पाउण्ड वाल मर्मतकालागी कामदारलाई काममा खटाईएको हो ।
चालु आर्थिक वर्षमा गाउँपालिकामा ६ सय २८ जना श्रमिक सुचिकृत गराएपनि मन्त्रालय बाट ८० जना कामदारलाई मात्र खटाउन पुग्ने बजेट पठाएकोले यो वर्ष अधिकतम ८० जना कमदारलाई मात्र काममा खटाउन सकिने कमल गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी गराउनु भयो ।
गाउँपालिका द्वारा निर्माण गरिने अन्य योजना उपलब्ध भएमा बाँकि कामदारलाई काममा खटाईने समेत संयोजक तिवारीले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend