logo
शुक्रबार, साउन २९ २०८३

ईसाई समाज कमल गाउँपालिका द्वारा म्याराथुन दौड २०२२ प्रतियोगिता


  • उमानाथ भण्डारी
  • बुधबार, पुष ६ २०७९

कमल । ईसाई समाज कमल गाउँपालिका द्वारा क्रिसमस को उपलक्ष्यमा कमल गाउँपालिका स्तरिय म्याराथुन दौड २०२२ प्रतियोगिता गर्ने भएको छ ।

यहि पुस ७ (भोलि बिहान) विहान कमल गाउँपालिका वडा २ क्याम्पा बाट सुरु गरिने दौड प्रतियोगिता १० किलोमिटर पुरागरी वडा नम्वर ५ स्थित पाडाजुँगीमा पुगेर सम्पन्न हुने छ ।

प्रतियोगीतामा सबै उमेर समुह, संघ,सस्था, समुहले निःशुल्क सहभागि हुन पाउने व्यवस्था मिलाईएको ईसाई समाज कमल गाउँपालिकाका कोषाध्यक्ष संजिव राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार द्वतियले १० हजार र तृतिय हुनेले ५ हजार रुपैया नगद प्राप्त गर्ने कोषाध्यक्ष राईले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend