logo
शुक्रबार, साउन २९ २०८३

नगर प्रमुख थापा द्वारा एककिृत उपचार कक्षको उद्घाटन


  • उमानाथ भण्डारी
  • आइतबार, पुष ३ २०७९

कमल । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले आज एक कार्यक्रमका बिच दमक अस्पतालमा उपेक्षित उष्णप्रदेशीय रोगहरुको एककिृत उपचार कक्षको उद्घाटन गर्नु भएको छ ।
पछिल्लो समय उपेक्षित उष्णप्रदेशीय रोगहरुका कारण बिरामाी बढ्न थालेपछि यो रोगको प्रभाभकारी उपचारमा सहयोग पुगोस भन्ने उद्येश्यीयले फेएरमेटको सहयोगमा दमक अस्पतालमा स्थापना गरिएको एककिृत उपचार कक्षको नगर प्रमुख थापाले उद्घाटन गर्नु भएको ।
उपेक्षित उष्णप्रदेशीय रोगहरुको एककिृत उपचार कक्ष आफ्नै नगरमा स्थापना गर्न सहयोग गुर्याउनेहरु प्रति आभार व्यक्त गर्दै नगरमा नगरपालिले यसलाई जस्तोसुकै परिस्थितीमा पनि नियमित रुपमा सन्चालन गर्ने र विरामीलाई नियमित सेवा प्रदान गर्ने नगर प्रमुख थापाले प्रतिवद्धता व्याक्त गर्नु भयो ।
१ नम्वर प्रदेशका झापा, मोरङ्ग र सुनसरीमा हात्तीपाईले ,कुष्ठरोग,खस्रेरोग,सर्पदंश,,लुतो,रेविज,कालाजार,डेंगु, नाम्लेजुका र जुका लगायत १० प्रकारका रोगका बढी देखिने गरेको र यो रोगका कारण मानीस विरामीहुनुका साथै अङ्गभङ्गका र अपाङ्ग समेत हुने जसका कारण राज्यको ठुलो धनराशी खर्च हुने भएकोले यसलाई न्युनिकरण गर्नका लागी सस्थाले आवश्य जनशक्ति र उपकरणमा सहयोग गरेको फेएरमेटका टिम लिडर डम्बरसिंह गुरुङ्गले जानकारी दिनुभयो ।
हिजोे मान्यता नदिएका रोगका कारण आज ठुलो समस्याले सताई रहेको छ । यस्ता रोगलाई न्युनिकरण गर्न सबै लाग्नु पर्छ । यो उपचार कक्ष नगरपालिकाको सम्पतिको रुपमा हामिले लिएको नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले भन्नु भयो ।
एककिृत उपचार कक्ष बाट झापा, मोरङ्ग र सुनसरिका विरामिले समेत सेवा पाउन सक्ने छन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend