दमक । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले मंगलवार दमक ९ बाट प्रतिबन्धित लागुऔषध जस्तो देखिने पदार्थ सहित १ जना महिलालाई नियन्त्रणमा लिएको छ ।
दमक ९ बाट प्रहरीले शंकालागी चेकजाँच गर्ने क्रममा अन्दाजी वर्ष ४५ को तुलमाया तामाङलाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ