झापा । कम्प्युटर एशोसिएशन नेपाल(क्यान) महासंघ, झापाशाखाको आज सम्पन्नजिल्लाअधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसम्मतनयाँ नेतृत्व चयन गरेको छ । घिमिरे निवर्तमानकार्यसमितिमा सचिवथिए ।
बिर्तामोडमा आजआयोजित आठौं वार्षिक साधारणसभा तथा चौथो जिल्लाअधिवेशनबाट सर्वसम्मतनयाँ नेतृत्व चयन गरिएको हो । क्यानको विधानले शाखाको पहिलो बैठकबाट पदाधिकारीहरु तोक्ने तथा सदस्यहरु मनोनयन गर्ने व्यवस्था गरे अनुसार अधिवेशनले एकजनाअध्यक्ष र ८ जना सदस्यहरु चयन गरेको हो ।
क्यानझापाको सदस्यहरुमानिवर्तमानअध्यक्ष राजु श्रेष्ठ पदेन रहनेछन् । सदस्यहरुमालोकप्रियखनाल, विनोद श्रेष्ठ, रोशन बुढाथोकी, योगेश राजवंशी र पंकजपोखरेल निर्वाचितभएका छन् । यस्तै नवनिर्वाचित सदस्यहरुमासुशिल कडरिया, खगेन्द्र मिश्र र विनोद खनाल रहेका निर्वाचनअधिकृत अधिवक्तादेवेन्द्र भण्डारीले घोषणा गरेका थिए ।
नवनिर्वाचितअध्यक्ष घिमिरेलाई निर्वाचनअधिकृत अधिवक्ता भण्डारीले सपथ गराएकाथिएभने निर्वाचित सबैजनालाई निर्वाचन समितिको तर्फबाट पुष्पाञ्जलीसिन्हाले प्रमाणपत्र प्रदान गरेकीथिइन् ।
क्यानझापाशाखाकाअध्यक्ष राजु श्रेष्ठको अध्यक्षतातथा केन्द्रीय सदस्यभुपेन्द्र मैनालीको प्रमुखआतिथ्यमावार्षिक साधारण सभातथाअधिवेशन सम्पन्नगरिएको हो । साधारणसभामा क्यानझापाको वार्षिक प्रगतिप्रतिवेदन सचिव कृष्णप्रसाद घिमिरेले र आर्थिक प्रतिवेदन कोषाध्यक्षविनोद श्रेष्ठले वाचन गरी सुनाएकाथिए । तीदुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो ।
साधारणसभा उद्घाटन समारोहकाप्रमुखअतिथिक्यानमहासंघ नेपालका केन्द्रीय सदस्यभुपेन्द्र मैनालीले झापाले गतवर्ष धेरैवटा रचनात्मककार्यक्रमहरु गरेर उत्कृष्ट जिल्लाको पुरस्कार प्राप्त गरेको स्मरण गराउँदै नयाँ नेतृत्वबाट पनि यस्तै अपेक्षा रहेको बताए । क्यानझापाले स्कूलक्याम्पसमाअध्ययनरत युवामाझ साइवर क्राइमसम्बन्धीतालिमदिएर तथाविभिन्न संघ–संस्थामा आवद्ध ग्रामीण महिलाहरुलाई लेखा प्रणाली व्यवस्थापनमा सहजीकरण गरेर उदाहरणीय काम गरेको धारणा राखेका थिए ।
कार्यक्रममागोमेन्द्र महाविद्यालयकाप्राचार्य डा. रुपकखनालले विगत २२ वर्षदेखि कम्प्युटर शिक्षाप्रवाहमागोमेन्द्रको योगदानको चर्चा गर्दै क्यानमा आवद्ध अधिकांशयुवा सोही शैक्षिक प्रतिष्ठानको उत्पादनभएकोमागौरव महसुस भएको बताए । सूचनाप्रविधिको क्षेत्रमाभविष्यमाअझ फड्को मार्नुपर्ने आवश्यकताऔंल्याउँदै डा. खनालले पूर्वाञ्चलविश्वविद्यालयले निकट भविष्यमा सुरु गर्ने एआई कोर्सले युवामाझआकर्षण बढाउने धारणा राखे ।
साधारणसभामा मन्तब्य राख्दै साझामञ्च डटकमका प्रधानसम्पादकगोपालकाफ्लेले कोरोना महामारी होस् वाअन्य जस्तोसुकै परिस्थितिमापनिक्यानझापाले रचनात्मककार्यक्रम गरेर युवाको मन जितेको बताए । क्यानको सदस्यताविस्तारमाध्यान पुर्याउनकार्यसमितिलाई सुझावदिँदै उनले एक वर्षमा गरेका कार्यक्रमहरु अनिवित्तीय सन्तुलनमिलाएर सम्पन्नभएको अभियानहरुको प्रशंसा गरेका थिए ।
अधिवेशनअन्तरगतनिर्वाचन समितिका सदस्य एभरेष्ट स्मार्ट एजुकेशनकाप्रिन्सिपलपुष्पाञ्जलीसिन्हालगायतले मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद घिमिरेले सञ्चालन गरेका थिएभने अध्यक्ष राजु श्रेष्ठले आफ्नो कार्यकाल सफलबनाउन सहयोग गर्ने कार्यसमितिलाई आभार प्रकट गरेका थिए ।