logo
शुक्रबार, साउन २९ २०८३

प्याब्सन कमलको चौथो साधारण सभा सम्पन्न


  • उमानाथ भण्डारी
  • आइतबार, मंसिर १८ २०७९

कमल । निजी तथा आवासीय विध्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमलको चौथौ साधारण सभा सम्पन्न भएको छ ।
ईलामको चुलाचुली गाउँपालिका २ स्थित पर्यटकिय स्थाल तिनकुने पोखरीमा साधारण सभा सम्पन्न भएको थियो ।
मुलुकको परिवर्तित संरचना बमोजिम शिक्षा सम्बन्धि विशेष अधिकारहरु स्थानिय सरकारलाई प्रदान गरेपछि स्थानिय सरकार संग प्याब्सनको सम्बन्ध सुमधुरहुन अतिनै आवश्यक छ । यसैलाई आत्मसात गर्दै परिस्थिति र सन्दर्भ अनुकुलका शैक्षिक कार्यक्रममा साथै अन्य विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको प्याव्सन कमलका अध्यक्ष बदी साम्पाङ्ग राईले बताउनु भयो ।
निजी तथा आवासीय विध्यालयले चर्को शुल्क लिने तर समाज प्रति उत्तर दाईत्व बहन नगर्ने आरोप हामिलाई लागिरहन्छ । वास्तविकता त्यो हिईन हामी समाज प्रति उत्तिकै जिम्वेवार छौ । हामि यसै समाजमा रहेकोले समाजप्रतिको हाम्रो दाईत्व धेरै छ । मंसिर ४ गते सम्मपन्न प्रतिनिधी सभा र प्रदेश समा को निर्वाचन सकिएपछि मतपेटीका हामिले १ सय ८५ वटा बस बाट निर्वाचन अधिकृतको कार्यालय सम्म पुर्याएका थियौ । त्यस्तै कोशिको बाढी बाट प्रभावितलाई सुनसरीको रामधुनी नगरपालिको समन्वयमा २५ बटा घर निर्माण गरेर हस्तान्रण गरिएको प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले बताउनुभयो ।
स्थानिय सरकारलाई माध्यमिक विध्यालय सम्मको शैक्षिक दाईत्व छ । यो अन्य क्षेत्र भन्दा मुख्य क्षेत्र हो किन भने यहाँ हरेक अविभावकको चिन्ताको विषय जोडिएको छ । आफ्ना नानिहरुको भाग्य र भविश्य जोडिएकोले पनि यो गहन विषय हो । कमल गाउँपालिका तपाईहरु सगै साथमा छ । हामि सधै सजक भएर अगाडी बढ्न आवश्यक रहेको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले बताउनु भयो ।
कार्यक्रम प्याब्सन कमलका सचिव दिपक संग्रौलाले सन्चालन गर्नु भएको थियो भने झापा जिल्ला सदस्य त्रिलोचन गौतमले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।

..

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend