logo
शुक्रबार, साउन २९ २०८३

अवैध काठ सहित दुई वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा


  • कुइनेटो न्युज
  • शुक्रबार, मंसिर १६ २०७९

कमल । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको टोलीले अवैध काठ सहित दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो र प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नंम्वर १ गाडाँगल्ली बाट पातापुरबाट आउदै गरेको मे १ त ७८५४ र मे १ त ३७४० नंम्बरको २ वटा ट्याक्टर चेकजाँच गर्ने क्रममा चालक फरार भएको र सो ट्याक्टरमा सखुवा जातको गोलिया काठ फेला परेकोले काठ सहित ट्याक्टर प्रहरीले जियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिई ट्याक्टरहरु मध्य मे १ त ३७४० नंम्बरको ट्याक्टर बाट अन्दाजी मुल्य १० लाख रुपैया र मे १ त ७८५४ नम्बरको ट्याक्टर बाट अन्दाजी मुल्य ८ लाख रुपैया तथा ं.२५० क्यु फिट गोलिया काठको अन्दाजी मुल्य २ लाख ५० हजार रुपैया गरी जम्मा रु.२० लाख ५० हजार रुपैया बराबरको काठ नियन्त्रणमा लिएर आवस्यक कार्वाहीको लागी डिभिजन बन कार्यालय चन्द्रगढी झापा बुझाइएको प्रहरी ले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend