कमल । नेपाल बहुृद्देश्यीय सहकारी संसथा लिमिटेड (एनएमसी)ले ३० औं वार्षिक साधारण सभामा पेस गर्नकालागी तयार पारिएको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
विर्तामोड स्थित सस्थाको सभाहलमा आज पत्रकार सम्मेलनको आयोजनागरी सस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गर्नु भएको हो ।
आगामी मंसिर १८ देखी सेवा केन्द्र स्तरिय साधारण सभा गर्ने र पुष २ गते सम्पन्नहुने अन्तिम सभाकालागी माईन्युट प्रमाणीकरण गर्न प्रतिनिधी छनौट गर्ने गरी कार्यक्रम तयार गरिएको सस्स्थाले जनाएको छ ।
हाल सस्थाले वित्तीय कारोवारका साथै विभिन्न व्यवसायीक एकाई मार्फत सदस्यलाई सेवा प्रवाह गरिरहेको छ ।जस अन्तर्गत डेरी व्यवसाय , एकीकृत नमुना कृषी फर्म, सहकारी पसल, चिया लगायतका व्यवसाय सन्चालन गरिरहेको सस्थाका अध्यक्षरामचन्द्र उप्रेतीले जानकारी दिनुभयो ।
१ लाख ३५ हजार सदस्य रहेको रहकारीले सदस्यको मृत्यु भएमा ५० हजार राहत सुविधा प्रदान गर्दै आएको छ । त्यस्तै सदस्यका परिवारमा मृत्यु भएमा शुद्धयाई खर्च वापत १० हजार रुपैया , दुर्घटनाका कारण सदस्यको मृत्यु भएमा १० लाख रुपैया सम्मको दुर्घटना विमा , सदस्यको घरमा प्राकृतिक प्रकोप भएमा २५ हजार रुपैया सम्मलगायतका सुविधा प्रदान गर्दै आएको सस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले बताउनु भयो ।