logo
शुक्रबार, साउन २९ २०८३

एमाले अध्यक्ष ओली सहित कार्की र थापा विजयी उत्सवमा व्यस्त


  • मनकुमार गदाल
  • शनिबार, मंसिर १० २०७९

दमक । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको ५ दिन पछि एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वी नेपाल, भारतको सिमानामा पुग्नु भएको छ ।
नेकपा एमाले अध्यक्ष ओली आज झापाको गौरीगञ्ज गाउँपालिका स्थित नेपाल भारतको सिमा नाका पुग्नु भएको हो । झापा निर्वाचन क्षेत्र न। ५ (१)का प्रदेश सभा सदस्य निर्वाचित एमाले स्यायी कमिटी सदस्य हिक्कम कार्की ,झापाकै निर्वाचन क्षेत्र न। ५ (२)का प्रदेश सदस्य निर्वाचित पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य होम बहादुर थापा,एमाले पोलीटब्युरो सदस्य ,एवम् राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतक देवेन्द्र दाहाल साथै एमालेका अन्य नेता लिएर पुग्नु भएको गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपानेले जानकारी दिनु भयो ।
ओलीको साथमा एमाले केन्द्रीय सदस्य गोविन्द्र थापा,रोम ओली, मेनुका काफले ,गिता अधिकारी ,पार्टीको केन्द्रीय अनुशासन आयोगका सदस्य सर्वतलाल राजवंशी र झापा जिल्ला अध्यक्ष दिपक कार्की लगायतका नेता हुनुहुन्थ्यो ।
निर्वाचन क्षेत्र न। ५ झापावाट प्रतिनिधि सभामा निर्वाचित एमाले अध्यक्ष ओली ,निर्वाचित प्रदेश सभा सदस्यहरु कार्की ,थापा र एमाले नेताहरु सहितको टोली लिएर भारतको किशनगञ्ज जिल्लाको फत्तेपुर गाउँको सिमानामा पर्ने गौरीगञ्ज ६ को देवीगञ्ज , सिमानामा पर्ने वडान ५को जनता चोक ,अन्तावारी र ठेकीटोला लगायतको गाउँका मतदाताहरुसंगै नेपाल तर्फको नाका र सिमाको सुरक्षाको अवलोकन गर्नु भएको थियो ।
त्यस क्षेत्रका क्षेत्रवासी जनताले भन्सार ,नाकाको स्तरन्नति र सडक कालोपत्रे लगायतका समस्या हल गर्न अध्यक्ष ओलीलाई माग गरेको एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र न। ५ झापा संयोजक तुलसी कार्कीले जानकारी दिनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend