logo
शुक्रबार, साउन २९ २०८३

उत्कृष्ट करदता तथा कर्मचारीलाई सम्मान गर्दै ११ औं राष्ट्रिय कर दिवस सम्पन्न


  • उमानाथ भण्डारी
  • बुधबार, मंसिर ७ २०७९

कमल । आन्तरिक राजश्व कार्यालयले आज ११ औं राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदता तथा कर्मचारी लाई सम्मान गर्दै कर दिवश समान भएको छ ।
२०६८ साल देखी हरेक वर्ष मंसिर १ गते देखी ७ गते सम्म विभिन्न कार्यक्रम गर्दै साप्ताहिक रुपमा कर दिवश मनाउन आएको आन्तरिक राजस्व कार्यलयले यो वर्ष पनि विभिन्न कार्यक्रम गर्दै कर दिवश मनाएको हो ।
“स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधार ः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मुल नारा सहित यो वर्ष पनि उत्कृष्ट कर दातालाई सम्मान गर्दै कर दिवश समापन गरेको आन्तरिक राजश्व कार्यालाय दमकले जनाएको छ ।
कर दिवशको अवसरमा सम्मानित हुनुहुनेमा उद्योग क्षेत्र बाट हाईजिन प्याक्स नेपाल,व्यापार क्षेत्रमा अनुज मार्केटिङ्ग, सेवा तर्फ मिलेनियम सिद्धार्थ एजुकेशन फाउण्डेसन प्रा.लि., पेशागत तर्फ डाक्टर रविन रत्न रन्जितकार तथा उतकृष्ट कर्मचारी तर्फ आन्तरिक राजश्व कार्यालाय दमककी नायब सुब्बा नम्रता चौलागाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
केहि समय अगाडी सम्म कर कार्यालयका कर्मचारी आउदा व्यवसायीले सटर बन्द गर्नु पर्ने अवस्था थियो । तर अहिले त्यसको अन्त्य हुदै छ । तर व्यासायीका तर्फ बाट अझै पनि गुनासा आउने गरेका छन् । गतल नियतले व्यवसाय सन्चालन गर्ने व्यवसायीलाई संघले कहिले पनि सहयोग नगर्ने तर सहि रुपमा व्यावसाय सन्चालन गर्ने क्रममा व्यासायीका तर्फ बाट भएका साना तिना समस्यालाई कर कार्यलय र उद्योग वाणिज्य संघ बसेर सच्चिन अवसर दिनुपर्ने दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले बताउनु भयो ।
राष्ट्र निर्माणको मुल मेरुदण्ड भनेको कर हो । कर लाई पारदर्शि बनाउर्दै सम्मानित हुनुहुने सम्पुर्ण उद्योगी तथा व्यवसायीलाई धन्यवाद तथा शुभकामना छ । हाम्रो उद्देश्य करदातालाई दुःख दिने होईन । हरेक वर्ष रचनात्मक कार्यक्रम गर्दै कर दिवश मनाउदै आएकोमा यो वर्ष आम निर्वाचनका कारण त्यस्ता कार्यक्रम गर्न सकिएन । निर्वाचनका कारण हाम्रा धेरै कार्यक्रम प्रभावित भए । कर दाताका अपेक्षा धेरै छन् । यो चुनावी माहोल सकिएपछि उद्योग वाणिज्य संघ सगको सहकार्यमा कर दाता शिक्षा कार्यक्रम सन्चालन गरिने आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत लव कुमार अधिकारीले बताउनुभयो
कर सप्ताहका अवसरमा नेपाल सरकारले विभिन्न छुट सुविधा ल्याएको छ । जस अन्तर्गत मिसम्याचमा परेका व्यवसायीले विशेष छुट सुविधा पाउनुका साथै आर्थिक वर्ष २०७३ । ०७४ देखी आर्थिक वर्ष २०७८।०७९ सम्म विवरण भर्न छुटेका व्यवसायीलाई व्याज, हर्जाना र शुल्क समेत मिनाहा भएकोले समयमा आफुले तिर्नुपर्ने कर तिरेर छुट सुविधा लिन समेत प्रमुख कर अधिकृत अधिकारीले बताउनुभयो
कर सप्ताहका अवसरमा माई पश्चिमका पालिका अन्तर्गत शिवसताक्षी, दमक, गौरादह ,कमल र शिवगंजका उद्योग वाणिज्य संघका पदाधीकारीका साथै व्यवसायीको उपस्थितीमा भएको कार्यक्रमको सन्चालन दमक उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु खड्काले सन्चालन गर्नु भएको थियो भने आन्तरिक राजश्व कार्यालय दमकका कर अधिकृत लक्षण कार्कीले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको गियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend