logo
शुक्रबार, साउन २९ २०८३

झापा ५ मा अ‍ोलीको अग्रता कायमै


  • कुइनेटो न्युज
  • मंगलबार, मंसिर ६ २०७९

कमल । झापा क्षेत्र नम्वर ५ मा नेकपा एमालेका अध्यक्ष केपि ओली (सुर्य ) १५५१० मत प्राप्त गरी अग्र स्थानमा हुनुहुन्छ भने वहाँका निकटतम् प्रतिद्वन्दी नेपाली काग्रेसका खगेन्द्र पाण्डव अधिकारीले (रुख) ८९५५ मत प्राप्त गरी ओलीलाई पछ्याई रहनु भएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेस कुमार पोख्रेलले(घण्टी) २८८३ मत प्राप्त गर्नु भएको छ । झापा ५ मा जम्मा १ लाख २ हजार १५० मत खसेको थियो ।
त्यसैगरी झापा ५ को प्रदेश सभा (१) तर्फ २००५ मत गणना हुदा नेकपा एमालेका हिक्मत कार्कीले (सुर्य) ९८१ मत प्राप्तगरी अग्र स्थानमा हुनुहुन्छ भने नेपालिका काग्रेसका जिवन राईले (रुख) ६३२ मत प्राप्त गरी वहालाई पछ्याउदै हुनुहुन्छ । त्यसैगरी प्रदेश सभा (२) तर्फ २५३२ मत गणना हुदा नेकपा एमालेका होम थापाले (सुर्य) १२३४ मत प्राप्त गर्नु भएको छ भने माओवादीका गगन पुरीले (हँसिया हथौडा) ७८४ मत प्राप्त गर्नु भएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend