logo
शुक्रबार, साउन २९ २०८३

मतदान सुरु मतदाता उत्साहित


  • कुइनेटो न्युज
  • आइतबार, मंसिर ४ २०७९

कमल । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफुले रोजेको उमेद्वारलाई मतदान गर्न विहानै देखी मतदाता मतदान स्थलमा उपस्थित भएका छन् ।
निर्वाचन आयोगले विहान ७ बजे देखी साँझ ५ बजे सम्मलाई मतदान गर्ने समय तोकेको हुनाले पनि मतदाता विहान देखी आफ्नो मतदान केन्द्रमा उपस्थित भएर मतदान गर्न उत्साहित भएका देखिन्थे ।
मतदान केन्द्रमा आउने अपाङ्ग , अशक्त, जेष्ठ नागरिक ,विरामीका लागी मतदान गर्न सहज होस् भनेर छुट्टै व्यस्थापन गरिएकोले पनि आफुलाई मतदान गर्न सहज भएको मतदाता बताउछन् ।
निर्वाचन कार्यक्रम अन्तरगत देशैभर १० हजार ८ सय ९२ मतदान स्थलहरुमा २२हजार २ सय २७ मतदान केन्द्र रहेका छन् । आजको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना बालिक मतदाताले मतदान गर्ने छन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend