logo
शुक्रबार, साउन २९ २०८३

११ औं राष्ट्रिय कर दिवसका अवसरमा दमकमा प्रभात फेरी,नेपाल सरकार द्वारा व्याज,हर्जना र शुल्कमा विषेश छुट


  • उमानाथ भण्डारी
  • बिहिबार, मंसिर १ २०७९

कमल । ११ औं राष्ट्रिय कर दिवसका अवसरमा मा आज देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
“स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधार ः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मुल नारा सहित आज आन्तरिक राजस्व कार्यालय दमकले दमक बजारमा प्रभातफेरी कार्यक्रम संचालन गरी राष्ट्रिय कर दिवस मनाउन सुरु गरेको छ ।
कर दिवशका अवसरमा हरेक वर्ष साप्ताहिक रुपमा कार्यक्रम सन्चालन गर्दै आएको मा यो वर्ष निर्वाचनका कारण साप्ताहिक रुपमा कार्यक्रम सन्चालन गर्न सकिएन तर पनि कार्यक्रमले सबै उद्योगि व्यवसायीलाई दर्ता गरि नियमित रुपमा कर तिर्न उत्साहित गर्ने दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले बताउनु भयो ।
कर सप्ताहका अवसरमा नेपाल सरिकारले विभिन्न छुट सुविधा ल्याएको छ । जस अन्तर्गत मिसम्याचमा परेका व्यवसायीले विशेष छुट सुविधा पाउनुका साथै आर्थिक वर्ष २०७३ । ०७४ देखी आर्थिक वर्ष २०७८।०७९ सम्म विवरण भर्न छुटेका व्यवसायीलाई व्याज, हर्जाना र शुल्क समेत मिनाहा भएकोले समयमा आफुले तिर्नुपर्ने कर तिरेर छुट सुविधा लिन आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत लव कुमार अधिकारीले बताउनुभयो
कर सप्ताहका अवसरमा माई पश्चिमका पालिका अन्तर्गत शिवसताक्षी, दमक, गौरादह ,कमल र शिवगंजका उद्योग वाणिज्य संघका पदाधीकारीका साथै व्यवसायीको उपस्थितीमा दमक चौक बाट सुरुभएको प्रभातफेरीले दमक बजार परिक्रमा गरेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend