logo
शुक्रबार, साउन २९ २०८३

जसपा प्रदेश अध्यक्ष चाम्लिङ सहित २३३जनाले पार्टी छाडे


  • उमानाथ भण्डारी
  • बिहिबार, कार्तिक २४ २०७९

कमल । जनता समाजवादी पार्टी (जसपा) प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङसहित दुई सय ३३ जनाले पार्टी छाडेका छन्। दलहरूको सिद्धान्त र व्यवहार फरक भएको भन्दै उनीहरूले जसपा छाडेका हुन्।

बिहीबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी छाडेका हुन्।पार्टी छाड्नेमा पार्टीको विभिन्न वर्गीय संगठनका केन्द्रीय नेतासहित प्रदेश, जिल्ला, क्षेत्र र नगरका नेताहरू रहेका छन्।

‘पार्टीको विचलित सिद्धान्त र दर्शनले जनता र राष्ट्र निर्माण हुन नसक्ने देखिएका कारण पार्टी परित्याग गरेका हौँ,’ उनले भने, ‘उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म एमाले प्रतिगमनकारी हुने ? रातारात सच्चिने ? यस्तो कसरी हुन्छ ? हामी अध्ययनमा थियौँ।’

पर्टीको यही नेतृत्वले पार्टीलाई उद्देश्य प्राप्ति गर्न नसक्ने उनको टिप्पणी छ। चाम्लिङले आफूहरू तत्काल कुनै पार्टीमा नजाने र केही दिनभित्रै नयाँ अभियान लिएर आउने बताए।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend