logo
मंगलबार, कार्तिक ११ २०८३

झापा–५ का उम्मेदवार सेढाईको चुनावी प्रतिवद्धता सार्वजनिक


  • कुइनेटो न्युज
  • सोमबार, कार्तिक २१ २०७९

 कमल ।  नेपाली कांग्रेस (बीपी)को तर्फबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शेखरनाथ सेढाईले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका हुन् । उनले झापा–५ मा जनतासँगै रहन चुनावमा प्रतिस्पर्धा गरेको जनाए । सेढाईले निर्वाचित भएपछि सांसदहरुलाई दिइने संसद् विकास कोष खारेज गर्ने जनाए । १७ बुँदे घोषणापत्र सार्वजनिक गर्र्दै सेढाईले झापामा रहेका अल्पसंख्यक समुदायको लागि देशकै नमुना एकीकृत बस्ती निर्माण गर्ने बताए ।
उक्त बस्ती पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्य रहेको बताए । उनले यो क्षेत्रमा पाँच वर्षमा कम्तीमा चारवटा उद्योग स्थापना गर्ने दाबी गरे ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend