कमल । आगामी मंसिर ४ गते सम्पन्नहुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य को निर्वाचनमा आफ्ना पक्षमा मतदान गर्न विभिन्न दलका उमेद्वार तथा स्वतन्त्र उमेद्वार यतिवेला मतदातालाई आफ्ना घोषणा पत्र मार्फत प्रभाव पार्न लागि परेका छन् ।
सोहिक्रममा बुधवार झापा क्षेत्र नम्वर ५(२) का स्वतन्त्र उमेद्वार धिरज बज्राचार्यले पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलन गरी चुनाव चिन्न अाँखी झ्यालमा मतदान गर्न सबै मतदाता समक्ष अनुरोध गर्नु भएको छ ।
आफु निर्वाचित भएमा शिक्षा, स्वस्थ्य, कृषि तथा पर्यटन, दिगो बिकास, सांस्कृतिक विकास, सुचना प्रविधीको विकास र सामाजिक तथा आर्थिक विकासमा जोडदिने आफ्नो घोषणा पत्रमा उल्लेख गरिएको बताउनु भएको छ ।
दमकमै जन्मिएका बज्राचार्यले काठमाडौ स्थित त्रिचन्द्र क्याम्पस बाट विज्ञान विषयमा स्नातक सम्मको अध्यायन पुरागरी हाल आफ्नै ठाउँको विकासमालागी विभिन्न संघ सस्थामार्फत समाज सेवा गर्दै आउनु भएको छ ।
“ परिबर्तन आफै बाट सुरु हुन्छ , यो संभव छ , हाम्रै पालामा, अठोट गरौं, सहयोग तथा सहकार्य गरौं र अघि बढौं” भन्ने नारा सहित बज्राचार्य चुनवी मैदानमा होमिनु भएको छ ।
दलका उमेद्वार हरु पुरानै अनुहार भएका र वहाँहरुले गरेको सम्पुर्ण गतिविधी मतदातालाई प्रस्ट भएकोले अबको निर्वाचनमा स्वतन्त्र उमेद्वा निर्वाचित हुनेमा आफु ढुक्क भएको वहाँले बताउनु भयो ।