logo
शुक्रबार, साउन २९ २०८३

श्रेष्ठ समुदायको चार वटा संस्था द्वारा नेपाल संवत् ११४३ आरम्भको शुभकामना आदानप्रदान


  • मनकुमार गदाल
  • बिहिबार, कार्तिक १० २०७९

दमक । श्रेष्ठ समुदायको चार वटा संस्थाहरुले आज झापाको दमकमा नेपाल संवत् ११४३ आरम्भको दिन संयुक्त रुपमा भिन्तुना सहितका विधिवत् कार्यक्रम गरेको छन् ।
नेपाल संवत् ११४३ प्रारम्भको दिन नेवा ःदेय दवु दमक, झिगु समाज ,सुर्यीद्धय नेवा पुच र नेवा खल दमकले संयुक्त कार्यक्रम गरेका हुन् । दमक ६ स्थित शंखधर साख्वा शालिक परिसरमा भएको कार्यक्रममा साख्वाको शालिकमा माल्य अर्पण,पुजा आजा र शुभकामना आदान प्रदान कार्यक्रम गरी साख्वाको शालिकमा माल्यअर्पण र नेवार पण्डित, पुरेतले पुजा गरेको नेवा देय ःदेबु दमक नगर अध्यक्ष तथा कार्यक्रम संयोजक राम प्रधानले जानकारी दिनु भयो ।

कार्यक्रममा सहभागी जातीय भेषभुषामा सजिएका नेवार समुदाय र गैर नेवार समुदायका आमा, दिदी ,वहिनी, दाजु र भाई बीच भेटघाट शुभकामना आदान प्रदान गरिएको पनि लक्ष्मी श्रेष्ठले बताउनु भयो । परापूर्वकालमा गरीव जनताहरुको ऋण मोचन गरिदिने शंखधर साख्वाको स्मृतीमा भिन्तुना कार्यक्रम गर्ने गरेको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा सहभागीहरुलाई नेवारी परिकार समेत खुवाएको थियो । विगत वर्ष झै यस वर्षमा पनि नेपाल सम्वत आरम्भको दिन न्हुँ अर्थ अर्थात नयाँ ,दँया अर्थात वर्षको, भिन्तुना अर्थात शुभकामना (नयाँ वर्षको शुभकामना ) न्हँु दँया भिन्तुना कार्यक्रम गरेको छ ।
वर्ष भरि गरिएका खराव कामको पाप कटाउन श्रेष्ठ समुदायहरुले आजै साँझ नेवारी विधि अनुसार आफूले आफनै शरीरको पुजा अर्थात म्ह पुजा गर्ने कार्यक्रम रहेको नेवारी महिला अगुवा कमला श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend