logo
शुक्रबार, साउन २९ २०८३

डुक साङाक थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको पत्रकार सम्मेलन सम्पन्न


  • कुइनेटो न्युज
  • मंगलबार, कार्तिक ८ २०७९

कमल  ÷ दमक ३ बेलडाँगी स्थित डुक साङाक थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको आगामी कात्र्तिक २९ गते उद्घाटन हुने भएको छ ।
आगामी २०७९ कातिक २९ गते (15 November 2022)  का दिन विहान ८ः ३० वजे गुम्बाको समुद्घाटन हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।


झापाको दमक ३ बेलडाँगीमा विगत सन् १९९७ साल देखि संचालन हुँदै आएको बौद्ध गुम्बाको हाल पुनः निर्माण गरी शक्तिपिठ गुम्बालाई ल्हावाब दुछेन (Buddha,s Decent Day) को सु–अवसरमा पारी विधिवत रुपमा गुम्वाको उद्घाटन गरिने गुम्वाका अध्यक्ष राजमान गुरुङ्गले जानकारी दिनुभयो ।
गुम्वाको उद्घाटन देवराली गुम्बा सिक्किमका (छोगत्रुल कुन्जाङ तेन्पाई ग्याल्छेन रिन्पोछेको हस्तवाहुली बाट उद्घाटन हुन आयोजकले जनाएको छ ।
विश्वभरका परोपकारीदाताहरु, बौद्ध धर्मावलम्बी , शुभचिन्तक महानुभावहरुको नैतिक, वैचारिक, आर्थिक तथा श्रम सहयोगमा यो ऐतिहासिक बौद्ध शक्तिपिठ गुम्बा करिव ४५ लाख रुपैयाँको लागतमा गुम्वाको निर्माण सम्पन्न भएको अध्यक्ष गुरुङले वताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend