logo
शुक्रबार, साउन २९ २०८३

चाडपर्वले हामी सबैलाई एकताको सुत्रमा बाध्न सकोस् ः कार्की

अनेरास्ववियुको रक्तदान कार्यक्रम सम्पन्न ( फोटो फिचर )


  • उमानाथ भण्डारी
  • आइतबार, कार्तिक ६ २०७९

कमल । चाडपर्वले हामी सबैलाई एकताको सुत्रमा बध्न सकोस् ः कार्की अनेरास्ववियुको रक्तदान कार्यक्रम सम्पन्न
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियु) कमल गाउँ कमिटीको आयोजनामा आज शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँ पालिकाको केर्खामा भएको रक्रदानकार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रम सोसाईटी उप शाखा दमकले गरेको थियो । रक्रदान कार्यक्रममा २५ जना पुरुष र ५ जना महिला सहित ३० जनाले रक्तदान गर्नु भएको आयोजकले जनाएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा आगामी मंसिर ४ गते सम्पन्नहुने प्रतिनिधी र पदेश सभा सदस्य अन्तर्गत झापा क्षेत्र नम्वर ५ (१) पदेश सभा सदस्यका उमेद्वार हिक्मत कार्किले तिहार छैठ लगायतका महत्वपुर्ण चाडपर्व खुशी र उत्लासमय वातावरणमा मनाउन अनुरोध गर्दै चाडपर्वले हामि सबैलाई एकताको सुत्रमा बाँध्न सकुन् भन्ने शुभकामना दिनुभयो ।

चाडपर्व मनाउदा तडक भडक नगरी आफ्नो आर्थिक क्षमता अनुसार मनाउन समेत कार्कीले शुभकामना दिनुभयो । त्यसैगरी आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनममा किन एमालेले जित्नुपर्छ यस विषयमा तपाई (मतदाता) आफै जनाकार भएकोले यस विषयमा आफुले धेरै नबोल्ने समेत कार्किले बताउनु भयो ।
त्यसैगरी अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुनिता बरालले मेरो पहिलो मदतान सुर्यमा भन्ने पार्टीको नारालाई साकार पार्न पहिलो पटक मतदान गर्न लाग्नु भएका सम्पुर्ण युवालाई सुर्य चिन्नमा मतदान गरी एमालेका उमेद्वालाई विबयी गराउनु युवाहरुलाई अनुरोध गर्नुभयो ।


अनेरास्ववियु कमल गाउँ कमिटीका अध्यक्ष आदर्श सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाएकालेका केन्द्रिय कमिटी सदस्य मेमुका काफ्ले, जिल्ला कमिटी सदस्य चक्र गुरुङ्ग र शिव ढुङ्गेल लगायत पाटिका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रम अनेरास्ववियु कमल गाउँ कमिटी सचिव जेनिसा भण्डारीले सन्चालन गर्नु भएको थियो ।

त्यस लगत्तै कार्कीले कमल गाउँपालिका वडा नम्वर ३ मा नेकपा एमाले र राप्रपाको संयुक्त निर्वाचन प्रचार कार्यलयको समेत उद्धाटन गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend