झापा, जिल्ला प्रहरी कार्यालय झापाले ६७ औं प्रहरी दिवस मनाएको छ ।
प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालको प्रमुख आतिथ्यता तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रमकाबीच यो दिवस मनाइइएको हो

कार्यक्रममा झापाका जिल्ला न्यायाधिवक्ता प्रकाश गौतम, , नेपाल रेडक्रस सोसाइटी, झापाका सभापति लोकराज ढकाल, महिला अधिकार कर्मी रेखा अधिकारी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, लगायतको आतिथ्य रहेको थियो ।प्रहरी नायव उपरीक्षक बशन्त पाठकले स्वागत सहित प्रहरी महानिरीक्षकको शुभकामना संन्देश वाचन गरेको कार्यक्रममा अमर प्रहरीहरु प्रति श्रदाञ्जली अर्पण गर्दै अमर प्रहरी परिवारका सदस्यहरुलाई दोसल्ला ओडाई सम्मान सम्मान गरिएको थियो ।