कमल । लखनपुरमा आदिवासी रंगशाला र गौरादह पोखरी एमाले बाहेक कसैले बनाउनसक्ने नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा झापा क्षेत्र नम्वर ५ (१) का नेकपा एमालेका तर्फ बाट प्रदेश सभा सदस्यका उमेद्वार हिक्मत कार्कीले बताउनु भएको छ ।
प्रेस चौतारी नेपालको संयोजनमा आज बिहान गौरादहको डिपुचोकमा भएको पत्रकार भेटघाट कार्यक्रममा कार्कीले सो कुरा बताउनु भएको हो ।
गौरादहको गहनाका रुपमा रहेको गौरादह पोखरी एमाले बाहेक कसैले पनि निर्माण गर्न नसस्कने भैन्दै पोखरीको निर्माणमा एमाले लागेको कार्कीले बताउनु भयो ।
त्यस्तै कमल गाउँपालिकाको वडा नम्वर ५ लखनपुरमा रहेको रङ्गशाला निर्माणकालागी आफ्नै पहलमा एक करोड रुपैया विनियोजन भएको छ । रङ्गशाला परिकल्पनाकारपनि एमाले साकारले गरेकोहो यसलाई पुरागर्ने जिम्मा पनि एमाले लिन्छ । त्याहाँ रहेका आदिवासी जनताको सम्मान गर्दै संग्रालय सहितको अन्तराष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्ने कार्कीले बताउनु भयो ।
“सम्बृद्ध नेपाल सुखी नेपालीको” नारालाई सफल पर्न एमालेको सरकारले मात्र सक्ने भएकोले आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका सुर्य ध्वजाबाहक उमेद्वारलाई सुर्य चिन्नमा मतदानगरी बिजयी गराउनु पर्ने बताउनुभयो ।
एमालेको सरकारका पालमा सुरुगरिएको राष्ट्र गौरवका योजना अहिलेको गठबन्धन सरकाले रोकेकाले कतिपय योजना अलपत्र परेको भन्दै त्यसलाई एमालेको सरकारले मात्र पुरागर्ने सक्छ कार्कीले भन्नुभयो ।