logo
शुक्रबार, साउन २९ २०८३

एमाले झापा : गिरी आउट, घिमिरे इन


  • कुइनेटो न्युज
  • शुक्रबार, असोज २८ २०७९

झापा । नेकपा एमाले झापा पार्टीका जिल्ला सचिवालय सदस्य डम्बरबहादुर गिरीलाई पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्य समेतबाट निष्काशन गरेकाे छ ।

पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले आज एक विज्ञप्ति जारी गरी पार्टीको निर्णय विपरित प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका गिरीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्दै साधारण सदस्यबाट नै निश्काशन गरिएकाे जनाएका छन् ।

नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरी प्रतिनिधि सभा सदस्य पदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन गरेकाे छ । तर गिरीले साे काे विराेधमा आफैंले उम्मेदवारी दिएका छन् ।

पार्टीको सचिवालय सदस्य गिरीलाई कारबाही गरी निश्काशन गरिरहँदा आजै मेचीनगर ६ का डिल्लीराम घिमिरेको पार्टी सदस्यता फुकुवा गरिएको उल्लेख छ ।

एमाले जिल्ला कमिटी सचिवालय सदस्य र निर्वाचन क्षेत्र नं. १ को संयोजकको जिम्मेवारीमा रहेका नेता घिमिरेले मेचीनगर नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएपछि उनलाई पार्टीले निश्काशन गरेको थियो ।

जिल्ला पार्टीले आज घिमिरेको पार्टी सदस्यता फुकुवा गरेको पत्र पठाउँदै एमालेले सञ्चालन गरेको सबै कार्यक्रममा सक्रिय सहभागिताका लागि निर्देशन पनि गरेको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend