कमल । वैदेशिक रोजगारी बाट फर्केका श्रमिहरुको सामाजिक तथा आर्थिक पुनर्एकीकरण कार्यक्रम अन्तर्गत आज कमल गाउँपालिकाका जनप्रतिनिधी तथा सरोकारवाला संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
वैदेशकि रोजगारी बाट फर्केका व्याक्तिले वैदेशकि रोजगारीका क्रममा आर्जन गरेको पुँजी, सिप ,प्रविधी र अनुभव नेपालमै उद्यमशिलताको विकास तथा सिपको प्रवर्धनमा उपयोग गराई साजमाजिक तथा आर्थिक विकास गाउँपालिकाका जनप्रतिनिधी तथा सरोकारवाला बिच सहकार्य र समन्वय गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको आयोज पौरखी नेपालले जनाएको छ ।
अप्रवासी कामदार हकहित संरक्षण केन्द्र प्रदेश नम्वर १ को आयोजना तथा पौरखी नेपाललेको आर्थिक सहयोगमा कमल गाउँपालिकाका जनप्रतिनिधी तथा वैदेशकि रोजगारी बाट फर्केका व्याक्तिहरु बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय तहसँगको सहकार्यमा संचालन हुने पुन ः एकीकरण कार्यक्रम अन्तर्गत आवश्यकताका आधारमा मनोसामाजिक परामर्श सहितको सुरक्षित आवास सेवा,उद्यमशीलता तालिम,आवश्यकताका आधारमा सीप तालिम,निशुल्क सीप परीक्षण,वित्तीय साक्षरता,सहुलियतपूर्ण कर्जा तथा बजारीकरणका लागि सहजीकरण,व्यवसाय सञ्चालनका लागि शुरुवाती रुपमा तोकिए बमोजिमको विउ पूँजी वा जिन्सी सहायता प्रदान गरीने छ ।
बैदेशिक रोजगारी बाट फर्किएका व्याक्तिहरुले आर्जन गरेको रकम अनुत्पादक क्षेत्रमा खर्च भै रहेको छ । घर बनाउनमा होडवाजी चलेको छ तर कुनै उद्योग कलकारखान खोल्नमा त्यो रकम खर्च भएको छैन । यसकालागी राज्यले निती बनाएर त्यो पुँजिलाई परिचालन गर्दै विदेश बाट फर्किएका व्याक्तिलाई नेपालमा सरह रुपमा कामगर्ने वतावरण बनाउने उद्येश्यले यो कार्यक्रम सन्चालन गरेको अप्रवासी कामदार हकहित संरक्षण केन्द्र प्रदेश नम्वर १ का अध्यक्ष लेअनाथ खतिवडाले बताउनुभयो ।
वैदेशकि रोजगारी बाट फर्केर आएका व्याक्ति संग भएको कमाएको पुँजी , ज्ञान,सिपलाइ स्थानिय सरकारले सहजकिरण हुने खालको निति बनाउनु पर्छ । विदेश बाट फर्किएका युवा संग थुप्रै अनुभव हुन्छ त्यसलाई सहिरुपमा परिचालन गर्न सक्ने खालको निति निर्माण गर्न सके पुँजिको सहि सदुपयोग हुनुका साथै स्थानियले रोजगार समेत पाउने उद्योगी गोपाल खनालले बताउनु भयो ।
बैदेशिक रोजगारीमा जानु नै पर्छ भन्ने छैन । गाउँपालिकाले युवाहरुकालागी प्रशस्तै कार्यक्रम ल्याएको छ । गाउँपालिकामा भएका युवाहरुलाई व्यवसायीक बनाउन गाउँपालिका लागि परेको छ ।यति हुँदाहुँदै पनि कतिपय युवा समाजमा आफुलाई प्रभाव पार्न विदेश जानेगरेको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंहराईले बताउनुभयो ।
विदेश बाट फर्किएका युवालाई गाउँपालिकाले निति बनाएर विभिन्न कार्यक्रममा समावेश गर्ने छ । त्यसैगरी उद्योग सन्चालन गर्न चाहाने युवालाई सहज वातावरणमा उद्योग सन्चालन गर्नकालागी वातावरण बनाउदै वाहाँहरु सँग भएको पुँजि ,सिप र ज्ञानको सम्मान गर्दै आगामी दिनमा अझ सहज बनाईने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।
बैदेशीक रोजगारीमा जाँदा सुरुमा कुनै गुनासो नआउने तर जब समस्या पर्छ अनि गुनासो आउने गरेको छ । यसकालागी स्थानिय तहले कानुन बनाएर अगाडी जानुपर्छ तर कानुन मात्र बनाएर हुँदैन कानुन कार्यान्वयन गर्नकालागी बजेटका पनि आवश्यक पर्छ आगामी दिनमा कमल गाउँपालिकाले यसलाई निति तथा कार्यक्रममा समावेस गरेर अगाडी बढ्ने प्रमुख प्रसाशकिय अधिकृत राजकुमार शाक्याले बताउनु भयो ।
कार्यक्रममा वैदेशिक रोजगारी बाट फर्केका व्याक्तिकालागी पुन ः एकिकरण कार्यक्रम अन्तर्गत अहिले सम्म कमल गाउँपािलकाले गरेका गतिविधीका बारेमा गाउँपालिकाका रोजगार संयोजक भरत तिवारीले जानकारी गराउनु भएको थियो ।