logo
शुक्रबार, साउन २९ २०८३

झापा निर्वाचन क्षेत्र नं. ५ मा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता (फोटोकथा)


  • उमानाथ भण्डारी
  • आइतबार, असोज २३ २०७९

कमल । झापाको निर्वाचन क्षेत्र नम्बर ५ का लागि प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन पत्र दर्ता गराएका छन् ।

यसैगरी निर्वाचन क्षेत्र नम्बर ५ (१) का लागि प्रदेशसभा सदस्य पदमा हिक्मतकुमार कार्की र क्षेत्र नं. ५ (२) का लागि होमबहादुर थापाले पनि तोकिएको समयमा उम्मेदवारी दर्ता गरेका छन् ।

दमक नगरपालिकामा रहेको निर्वाचन कार्यालयमा पुगेर एमाले अध्यक्ष ओली, स्थायी कमिटीका सदस्य कार्की र प्रदेश कमिटीका सदस्य थापाले आफ्नो आफ्नो उम्मेदवारी तोकिएको पदमा मनोनयन दर्ता गरेका हुन् । नेकपा एमालेका उम्मेदवारहरुसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु पनि गएर संयुक्त उम्मेदवारहरुको मनोनयन दर्ता गराएका हुन् ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend