logo
शुक्रबार, साउन २९ २०८३

वडा अध्यक्ष र प्रध्यानाध्यापक द्वारा विध्यार्थिलाई टीका र जमरा


  • कुइनेटो न्युज
  • बिहिबार, असोज २० २०७९

कमल । विध्यालयमा अध्यायनरत विध्यार्थिलाई दशैंको महत्वको बारेमा जानकारी गराउने उद्येश्यले कमल गाउँपालिका एक स्थित नरेन्द्र जनता माध्यमिक विध्यालयले विध्यालयमा अध्यायनरत विध्यार्थिलाई दशमीको दिन टीका र जमरा लगाई दिएको छ ।
नेपालीहरुले मनाउने माहान चाडपर्वका साथै विभिन्न संस्कार संस्कृतीको बारेमा विध्यार्थिलाई जानकारी गराउने उद्येश्यले विध्यालयले घटस्थापनाका दिन विभिन्न कार्यक्रममा गर्दै जमरा राखी नवरात्रभर पुजा गरिएको र दशमीको दिन वडा अध्यक्ष केदार कटुवाल तथा विध्यालयका प्रध्यानाध्यापक बद्री कार्किको हात बाट विध्यार्थिलाई टीक र जमरा लगाई दिनु भएको थियो ।
हाम्रा अग्रजहरुले मानि आएका संस्कार संकृतीलाई पछिल्लो समय युवा पुस्ताले कम महत्व दिन थाले पछि त्यस्ता संसकार र सस्कृतीलाई जगेर्ना गर्दै युवा पुस्तालाई यस्ता चाडपर्व रितिरिवाजका बारेमा जनाकारी गराउने उद्येश्यले यो कार्यक्रम गरिएको र यस्तो कार्यक्रम सामुदायीक विध्यालयमा नेपालमै पहिलो पटक भएको वडा अध्यक्ष कटुवालले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend