कमल । झापाको कमल गाउँपालिका ३ केराधाप स्थित सुर्यविनायक किर्तन मण्डलीले दुर्गापुजाको छैंटौ दिन विभिन्न कार्यक्रम गरेको छ ।
किर्तन मण्डली द्वारा आयोजित दुर्गापुजाको छैंटौ दिन कात्यायनी देवीको कथा प्रवचन का साथै बालकृष्ण भगवानको झाँकी प्रस्तुत गरिएको थियो ।
त्यसैगरी दुर्गापुजा मुल आयोजक समितीका तर्फ बाट स्थानिय ७५ वर्ष भन्दा माथिका दुई दर्जन भन्दा बढी जेष्ठ आमाहरुलाई सम्मान गरिएको मुलआयोजक समितीका अध्यक्ष डिल्लिराम न्यौपानेले बताउनु भयो ।
मौलिक सस्कार संस्कृती जगेर्ना गर्दै सस्कारयुक्त समाजको विकास गर्ने उद्येश्यले हरेक वर्ष दुर्गादेवीको पुजा आरधानाका गरी नवरात्रभर विभिन्न कार्यक्रम गर्दै आईरहेको स्थानिय सुर्यप्रसाद न्यौपानेले बताउनु भयो ।
