logo
शुक्रबार, साउन २९ २०८३

प्रदेश नम्वर १ मुख्यन्यायाधिवक्तामा अधिवक्ता राई नियुक्त


  • कुइनेटो न्युज
  • आइतबार, असोज ९ २०७९

विराटनगर,  प्रदेश नंं. १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता राई नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले राईलाई आईतवार मुख्यन्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आजै प्रदेश प्रमुख खापुङ्ग, मुख्यमन्त्री राई, सभामुख प्रदीपकुमार भण्डारीको समुपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको हो ।

खोटाङ जिल्ला साकेला गाउँपालिका वडा नं. २, रतम्छामा वि.सं.२०३५ बैशाख १ गते जन्मनुभएका नवनियुक्त मुख्यन्यायाधिवक्ता राई हाल बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ सुकेधारा काठमाडौंमा स्थायी बसोबास गरिरहनु भएको छ ।
यसअघिका मुख्यन्यायाधिवक्ता भोजराज श्रेष्ठले राजीनामा दिएपछि अधिवक्ता राई मुख्यन्यायाधिवक्तामा नियुक्त हुुनुभएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend