कमल ।झापाको कमल गाउँपालिका ५ स्थित गुह्येस्वरी आधारभुत बिद्यालयमा एक दिवशिय स्वास्थ्य शिबिर संचालन भएको छ । मौसम परिवर्तन सगै अधिकान्स बिद्यार्थीहरुमा स्वास्थ सम्बन्धि विभिन्न समस्या देखापरेका कारणले गर्दा सोही वडामा रहेको गुह्येस्वरी सामाजिक सस्था परिवारको समन्वय र ५ नम्बर वडा कार्यालयको सहयोगमा आयोजित सो शिबिरमा बिद्यालयका बिद्यार्थीहरु र शिक्षक साथै अभिभावकको समेत स्वास्थ परिक्षण गरिएको थियो । कार्यक्रममा सोही वडाका अध्यक्ष लाल बहादुर बिष्ट , कार्यपालिका सदस्य चन्द्रकला आङ्गदाम्बे पुर्व वडा अध्यक्ष ,बिध्यालय ब्यवस्थापन समितीका अध्यक्ष ,बाल क्लव लगायतको उपस्थिति रहेको शिक्षक मदन अधिकारीले जानकारी दिनुभयो ।
सामाजिक कार्य गर्ने उदेश्यका साथ १५ सदस्य कार्य समिती सहित २०७९ मा स्थापना स्थापना भएको सो सस्थाले सडक बत्ति जडान ,गाउँ सरसफाई,हात्ती प्रभाबित क्षेत्र मा आवस्यक सहयोग लगायत अन्य कार्य गर्दै आएको सस्थाका अध्यक्ष गोपाल निरौलाले बताउनु भयो ।