कमल, । लखनपुर साना किसान कृषी सहकारी सस्था लिमिटेडले आज आफ्नो नऔं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कमल गाउँपालिका वडा ६ लखनपुरमा मुख्य कार्यालय रहेको सहकारीले आफ्नो नऔं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
२०७० सालमा स्थापना भएको सरकारीले आर्थिक कारोवारका साथै सदस्यहरुलाई कृषि सम्बन्धी विभिन्न कार्यक्रम सन्चालन गर्दै आईरहेको छ ।
सदस्यलाई कृषी तर्फ आकर्षण गर्नकालागी सहकारीले बेसार खेतीका साथै धान खेती समेत गर्दै आईरहेको छ । त्यस्तै सदस्यको पशुधन सुरक्षण गर्नकालागी पशु बिमा, चिया तथा मह प्रवर्धन कार्यक्रम लगायतका कार्यक्रम सन्चालन आईरहेको छ ।
पछिल्लो समय सहकारीका सन्चालकहरुले सदस्यले जम्मा गरेको रमक दुरुपयोग गरेका घटनाहरु प्रशस्तै आई रहेका छन् । यस्ता घटनामा सहकारीका सन्चालक मात्र नभएर सदस्यहरुको समेत जिम्वेवारी पनि उत्तिकै हुन्छ ।
सहकारीका सदस्यले चासो दिएमात्र सहकारी राम्रो हुनेभएकोले यस्ता साधारण सभामा सदस्यले ध्यान पुर्वक सुरेर छलफलमा भाग दिनुपर्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।
सस्थामा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य , समुह, तथा अन्तरसमुहका साथै एसईई र कक्षा १२ मा उत्कृष्ट अंङ्क ल्याएर पास हुने विध्यार्थिगरी जम्मा तिन दर्जन भन्दा बढीलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
सस्थाकी अध्यक्ष तिलरुपा बास्तोलाको अध्यक्षता सम्पन्न साधारण सभामा वडा नम्वर ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराई, सल्लकार संयोजक बेनु सिवाकोटी , कृषि सहकारी जिल्ला संघका कोषाध्यक्ष भुपराज लुईटेल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम सस्थाका व्यवस्थापक कुमार पराजुलिले सन्चालन गर्नु भएको थियो भने उपाध्यक्ष शोभादेबी उप्रेतीले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य राख्नु भएको थियो ।