logo
शुक्रबार, साउन २९ २०८३

होटल व्यावसायी संघ दमकको आयोजना निःशुल्क स्वस्थ्य शिविर


  • उमानाथ भण्डारी
  • सोमबार, असोज ३ २०७९

कमल  । झापाको शिवसताक्षी नगरपालिकामा एक दिने निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ ।
होटल व्यावसायी संघ दमकको आयोजना तथा लाईफलाईन अस्पताल दमक र दृष्टि आँखा अस्पताल वितामोडको प्राविधीक सहयोगमा नगरपालिकाको वडा नम्वर ३ मा एक दिने निःशुल्कस्वस्थ्य शिविर सम्पन्न भएको छ ।
नगरपालिकाको वडा ३ स्थित पारावारी बजारमा संचालित स्वस्थ्य शिविरको नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन )ले उद्घाटन गर्नु भएको थियो ।
पछिल्लो समय विभिन्न प्रकारका रोगका कारण गाउँमा समेत विरामिहुने क्रम बढी रहेको छ । यस्तो अवस्थामा होटल व्यवसाय संघ दमकले स्वस्थ्य शिविर आयोजना गरेर नगरवासी लाई धेरै ठुलो सहयोग पुर्याएको छ । गाउँका जनता सहरमा पुगेर सेवालिन समेत समस्या परिरहेको बेला विशेषज्ञ डाक्टर सहितको टोलि गाउँमा आएर स्वस्थ्य सेवा प्रदान गरेकोमा आयोजकलाई नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन )ले धन्यवाद दिनुभयो ।
होटल व्यवसायी संघ दमकले यस्ता स्वस्थ्य शिविर बर्षेनि गरिरहेका हुन्छौ । अघिल्ला वर्षहरुमा हामिले शहर केन्द्रित मात्र शिविर सन्चालन गर्ने गरेका थियौं तर आज स्थानिय जनप्रतिनिधीको मागका आधारमा यो वर्ष हामिले शहर बाट टाडा गाउँमा शिविर सन्चालन गर्दै छौ । शिविर बाट यस वडाका जनतालाई धेरै पाईदा पुग्ने अपेक्षा लिएको होटल व्यावसायी संघ दमकका महासचिव भुपेन्द्र न्यौपानेले बताउनु भयो ।
शिवरिमा फिजिसियन डाक्टर केशर बहादुर गुरुङ्ग , हाडजोर्नि डाक्टर मनोज शाहा , महिलारोग विशेषज्ञ डाक्टर राजेश्वर प्रसाद शाह, डेन्टर सर्जन डाक्टर एलिना मिश्र लगायतको विशेषज्ञ टोलि द्वारा विरामीको उपचार गरिएको लाईफलाईन अस्पताल दमकका स्वस्थ्य शिविर संयोजक डम्वर मोतेले जानकारी दिनु भयो ।
शिविरमा कान र आँखाका ३ सय ६ जना हाडजोर्नि,स्त्रीरोग,फिजिसियन र दाँतका २ सय ८५ जना गरी जम्मा ५ सय ९१ जनाले निःशुल्क स्वस्थ्य विविर बाट सेवा लिएको आयोजक होटल व्यवसायी संघ दमकले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend